ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमाल आरोहणका लागि सँगसँगै रुस र युक्रेनका आरोही


एबीसी न्यूज

काठमाडौं २८ बैशाख । अहिले रुस–युक्रेनबिच युद्ध चलिरहेको छ । तर त्यहाँका नागरिक मित्रवत् व्यवहारसहित एउटै समूहमा रहेर नेपालका हिमाल आरोहणका लागि आधार शिविरमा अभ्यासरत छन् । चालु वसन्तयाममा सगरमाथा, कञ्चनजङ्घा ९प्रमुख०, अन्नपूर्ण पहिलो, मनासलु, ल्होत्सेलगायतका हिमाल आरोहणका लागि रुसका ४६ र युक्रेनका २३ जना आरोही आधार शिविरमा आरोहण तयारीमा छन् । जसमध्ये रुसका ११ महिला र ३५ पुरुष तथा युक्रेनका आठ महिला र २३ पुरुष छन् ।

पर्यटन विभागका अनुसार आरोहण तयारीमा रहेकामध्ये कञ्चनजङ्घा आरोहण तयारी गरिरहेकी रुसी महिला आरोही नेतृत्वको टोलीमा युक्रेनका दुई पुरुष र एक रुसी महिला छन् । विभागका एक अधिकारीले भन्नुभयो, “रुसी महिला आरोही एलिना पेकोभा नेतृत्वमा कञ्चनजङ्घा आरोहण तयारी गरिरहेको १५ जना आरोहीको एक समूह अहिले आधार शिविरमा छ । उक्त समूहमा इगोर कुसनिर र ओलेग इभान्चेको नाम गरेका दुई युक्रेनका पुरुष आरोही र एला मिसहिना नाम गरेकी एक रुसी महिला आरोही मित्रवत् व्यवहारसहित सँगसँगै आरोहण तयारी गरिरहेका छन् ।”

यसअघि सन् २०२२ को वसन्तयामको सगरमाथा आरोहणमा युक्रेनकी एन्ट्रोलिना र रुसकी लाना विश्व शान्तिको कामना गर्दै सगरमाथा आधार शिविर पुग्नुभएको थियो । यस वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिएका आरोहीमध्ये रुसी महिला आरोहीले नेतृत्व गरेको एक समूहमा १३ पुरुष र एक महिलाले आरोहण तयारी गरिरहेका छन् । त्यस्तै युक्रेनका पुरुष आरोहीले नेतृत्व गरेको अर्को समूहमा तीन पुरुष र एक महिला आरोही रहेको विभागले जनाएको छ ।

सगरमाथा आधार शिविरमा रहेको पर्वतारोहण अनुगमन फिल्ड कार्यालयका प्रमुखका खिमलाल गौतमका अनुसार सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका रुस र युक्रेनका आरोही आरोहण अभ्यासका लागि पहिलो र दोस्रो शिविरतर्फ उक्लेका छन् ।

पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथा आरोहणका लागि ६२ देशका ४१४ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमा ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष रहेका छन् । अघिल्लो वर्ष सगरमाथा आरोहणका लागि ४७८ आरोहीले अनुमति लिएका थिए, जुन अहिलेसम्मकै सर्वाधिक हो ।

यस वर्ष सगरमाथासहित ३० हिमाल आरोहणका लागि ११२ आरोही समूहका ९७१ आरोहीले अनुमति लिएका छन् । उक्त हिमाल आरोहणको अनुमतिबापत हालसम्म ६७ करोड ४७ लाख १४ हजार ६१ रुपियाँ रोयल्टी जम्मा भएको छ । जसमध्ये सगरमाथाबाट मात्रै ५९ करोड २३ लाख पाँच हजार ९४९ रुपियाँ रोयल्टी उठेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com