काठमाडौ २८ बैशाख । सुनको भाउ आज तोलामा दुई हजार तीन सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ३७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेको थियो ।
पछिल्लो समय सुनचाँदीको भाउमा उतारचढाव भइरहेको छ ।त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर एक हजार सात सय ३५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्