ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेविरुद्धको मुद्दाको भारी रास्वपाले बोक्नु हुँदैन- केन्द्रीय सदस्य कार्की


एबीसी न्यूज

काठमाडौं २७ बैशाख । रास्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले रवि लामिछानेविरुद्धको मुद्दाको भारी पार्टीले बोक्न नहुने बताएका छन् । व्यक्तिगत रूपमा लामिछानेसँग जोडिएका मुद्दामा रास्वपालाई जोड्न नहुने कार्कीको भनाइ छ ।

रवि लामिछानेविरुद्धको मुद्दाको भारी रास्वपाले बोक्नु हुँदैन स् केन्द्रीय सदस्य कार्की सहकारीको बचत रकम हिनामिनामा लामिछानेको संलग्नता रहेको र संसदीय छानबिनको माग भइरहेको बेला रास्वपा केन्द्रीय सदस्य कार्कीको उक्त धारणा सार्वजनिक भएको हो ।

रास्वपाले पार्टी सभापति रवि लामिछाने र व्यक्ति रवि लामिछानेलाई छुट्याएर हेर्नुपर्ने कार्कीको भनाइ छ । न्यूज एजेन्सी नेपालले सोधेको रवि लामिछानेविरुद्धको मुद्दाको भारी पार्टीले बोक्छ त रुु भन्ने प्रश्नको जवाफमा कार्कीले भनेका छन्, बिल्कुलै बोक्दैन । बोक्नु पनि हुँदैन । यहाँ हाम्रो गल्ती भएको छ । हामीले दुई वटा रवि लामिछाने छुट्टयाउन अप्ठ्यारो मानिरहेका छौँ । व्यक्तिगत रूपमा रवि लामिछानेसँग जोडिएका मुद्दामा पार्टी जोडिन हुँदैनथ्यो । जे–जे व्यहोर्नुपर्ने व्यक्तिगत रूपमा रविजीले व्यहोर्नु हुन्थ्यो ।

सहकारीको बचत रकम हिनामिनाको आरोप लागेको रवि लामिछाने र पार्टी सभापति रवि लामिछाने फरक–फरक रहेको कार्कीको जिकिर थियो । ुमेरो विचारमा विपक्षीले संसद् रोकेर संसदीय छानबिन गर्नुपर्छ भन्यो भने बनाउनु पर्छ भन्ने हो । तर, यहाँ समस्या देखियो, यो दुःखद् छ । मुद्दाहरू सवालहरू राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको विरुद्ध होइन । यो रास्वपा गठन हुनुपूर्व रवि लामिछानेको विरुद्धको मुद्दा हो,उनले भने, सभापति रवि लामिछाने र एउटा मिडिया चलाउने रवि लामिछाने अलगअलग हुन् ।

लामिछाने संलग्न भनिएको सहकारीको बचत रकम ठगीमा संसदीय छानबिन समिति बनाउन सकिने पनि केन्द्रीय सदस्य कार्कीको भनाइ छ । उनले भनेका छन्, छानबिन समिति बनाउन सकिन्छ । म मेरो सभापति सबै आरोपबाट मुक्त हुनुहुन्छ भन्ने अपेक्षा राख्दछु । हामीले छानबिन समिति माग गर्ने सबैलाई विरोधीको नजरले हेर्न हुँदैन । छानबिन समितिलाई नै पार लगाउने भन्दा पनि प्रश्नहरूको जवाफ दिएर निमिट्यान्न पार्नेतर्फ सोच्नुपर्छ ।

संसद्मा लामिछाने सहकारी रकम ठगीमा संलग्न रहेको भनेर प्रतिपक्ष कांग्रेस यसअघि नै अवरोध गरेको थियो । आगामी दिनमा पनि अवरोध गर्न घोषणा गरेको अवस्थामा संसद् खुला राख्नुपर्छ भन्ने रास्वपाको मत रहेको कार्कीले बताए । ुहाम्रो कारणले संसद् अवरुद्ध हुने विषयमा दुःख व्यक्त गर्दछौं । संसदीय छानबिन समिति बनाउने र बनाउन नदिनेबारे स्पष्ट धारणा हुनुपर्छ । संसदीय समिति व्यक्ति विशेषको लागि भन्दा पनि समग्र समस्याको निकास खोजिने गरी समिति बनाउन हामी तयार छौँ, कार्कीले भने ।

वरपर रहेका व्यक्तिहरूले नै सभापति लामिछानेलाई भ्रममा पारिरहेको कार्कीको भनाइ थियो । रास्वपालाई एउटा माला बनाउने कडी नै रवि लामिछाने हुन् । अरु कोही होइन । राष्ट्रिय स्वतन्त्र पार्टीको मालाको धागो रवि लामिछाने नै हुन् । तर, माला भनेको धागो मात्र हो, त्यसमा उनिएको फूल केही होइन भन्न थालिएको छ । रविजीको वरपर घुम्नेले धागो भनेकै माला, माला भनेको धागो भनेर सुनाउँछन् । पार्टी सभापतिलाइ नै भ्रममा पारिएको छ, कार्कीले भने, अहिले हाम्रो पार्टी सभापति सरकारमा गएकै कारणले समस्या परिरहेको छ । पार्टी भनेकै रवि लामिछाने भन्ने भ्रम फैलाइएको छ । धागोले म मात्रै हो माला भनेर देखिएको अवस्था छ । पार्टीमा बढी क्षति रवि लामिछानेजी सरकारमा गएको कारणले भएको छ ।

कार्कीले सरकारबाट रास्वपा जतिसक्दो बाहिरियो त्यति नै पार्टीलाई राम्रो हुने तर्क गरेका छन् । उनले पुराना पार्टीलाई अंगालो हाल्न थालेपछि रास्वपाको मिसन ०८४ ले हावा खाइसकेको बताए । पार्टीमा यस्तै अवस्था रहने हो भने पार्टीको औचित्य सकिने पनि उनको भनाइ छ । ुहामी सरकारमा मिसन ०८४ कै आधारमा जान खोजेको हो, गएको पनि हो । तर अर्कैको मिसन ०८४ को लागि पुग्यौं । हामीले नो नट एगेन भनेको ओलीलाई अँगालो मारेर प्रचण्डलाई बोक्न गएपछि मिसन ०८४ ले हावा, खायो, कार्कीले भने, हामीलाई यसले मिसन ०८४ मा ठूलो क्षति गर्छ । यो निर्णयले कसैलाई पनि खुसी दिएको छैन । सरकारमा रास्वपा सहभागी हुनु नै गलत भएको कार्कीको भनाइ छ । जनताहरूले नयाँ र पुरानाको फरक छुट्याउन नसकेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com