ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१० बुँदे घोषणापत्र जारी गर्दै महिला सम्मेलन सम्पन्न


admin
फाल्गुन १०, २०७४ बिहीबार  ४ : २९ बजे

काठमाडौँ, १० फागुन । महिलाको श्रम र पहिचान स्थापनाका लागि १० बुँदे घोषणापत्र तथा नौ बुँदे आचारसंहिता जारी गर्दै प्रदेश नं ३ स्तरीय सम्मेलन आज सम्पन्न भएको छ ।

महिला मानवअधिकार रक्षकको राष्ट्रिय सञ्जालले आयोजना गरेको सो सम्मेलन फागुन ८, ९ र १० गतेसम्म काठमाडौँमा आयोजना भएको थियो ।

महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि, महिला मानवअधिकारकर्मी, महिलाका लागि आर्थिक, राजनीतिक र सामाजिक न्यायका लागि लडिरहनुभएका महिला अगुवा नेत्रीको सो सम्मेलनमा सहभागिता थियो ।

प्रदेश नं ३ अन्तर्गत रहेका १३ जिल्लाका २१० निर्वाचित स्थानीय जनप्रतिनिधिको उपस्थित रहेको सो सम्मेलनले महिलामाथि हुने सबै प्रकारका हिंसा र विभेदको अन्त्य, महिलाको शारीरिक, मानसिक र न्यायिक उपचारका लागि पहल, महिलाको सशक्तीकरणका लागि मानवअधिकारको प्रत्याभूति गर्न सक्ने वातावरण मिलाउने विषयमा साझा सहमति गर्दै घोषणपत्र जारी गरेको हो ।

महिला मानवअधिकार रक्षकको राष्ट्रिय सञ्जालकी अध्यक्ष डा रेणु अधिकारीले प्रदेशपिच्छे फरक समस्या देखिएकाले समस्याको पहिचान गरी प्रदेशस्तरीय सम्मेलन गर्नुपरेको जानकारी दिनुभयो । उहाँले प्रदेश नं १, ४, ६, र ७ मा तत्काल प्रदेश सम्मेलनको आयोजना गर्ने जानकारी दिनुभयो । उहाँले २०७५ सालमा राष्ट्रिय सम्मेलन गर्ने बताउनुभयो ।

सम्मेलन समापनपछि आयोजित पत्रकार सम्मेलनको आयोजना गरी महिला तथा मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धि तथा महासन्धि, कानून र नीति नियमको पक्षम रही विधिको शासनलाई पालन गर्न स्थानीय निकायसँग सहकार्य गर्दै महिला अधिकार स्थापनाका लागि सदैव प्रतिबद्ध रहने सञ्जालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

ओलीका एक्का थेबेको बालेनलाई चुनौतीः ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईंको आधिकारिक धारणा के हो?’

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

हिमाल शर्मा: विद्यार्थी राजनीतिबाट पुस्तान्तरणका योद्धा, काठमाडौं–६ को उम्मेदवार

प्रचण्डको नयाँ प्रस्ताव : विप्लवलाई आत्मसमीक्षासहित फर्कन आग्रह

पृथ्वीनारायणको विरोधीलाई ‘टाउको काट्ने’ भनेका राप्रपा उम्मेदवार स्वागत नेपालले माफी मागे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com