ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१० बुँदे घोषणापत्र जारी गर्दै महिला सम्मेलन सम्पन्न


admin

काठमाडौँ, १० फागुन । महिलाको श्रम र पहिचान स्थापनाका लागि १० बुँदे घोषणापत्र तथा नौ बुँदे आचारसंहिता जारी गर्दै प्रदेश नं ३ स्तरीय सम्मेलन आज सम्पन्न भएको छ ।

महिला मानवअधिकार रक्षकको राष्ट्रिय सञ्जालले आयोजना गरेको सो सम्मेलन फागुन ८, ९ र १० गतेसम्म काठमाडौँमा आयोजना भएको थियो ।

महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि, महिला मानवअधिकारकर्मी, महिलाका लागि आर्थिक, राजनीतिक र सामाजिक न्यायका लागि लडिरहनुभएका महिला अगुवा नेत्रीको सो सम्मेलनमा सहभागिता थियो ।

प्रदेश नं ३ अन्तर्गत रहेका १३ जिल्लाका २१० निर्वाचित स्थानीय जनप्रतिनिधिको उपस्थित रहेको सो सम्मेलनले महिलामाथि हुने सबै प्रकारका हिंसा र विभेदको अन्त्य, महिलाको शारीरिक, मानसिक र न्यायिक उपचारका लागि पहल, महिलाको सशक्तीकरणका लागि मानवअधिकारको प्रत्याभूति गर्न सक्ने वातावरण मिलाउने विषयमा साझा सहमति गर्दै घोषणपत्र जारी गरेको हो ।

महिला मानवअधिकार रक्षकको राष्ट्रिय सञ्जालकी अध्यक्ष डा रेणु अधिकारीले प्रदेशपिच्छे फरक समस्या देखिएकाले समस्याको पहिचान गरी प्रदेशस्तरीय सम्मेलन गर्नुपरेको जानकारी दिनुभयो । उहाँले प्रदेश नं १, ४, ६, र ७ मा तत्काल प्रदेश सम्मेलनको आयोजना गर्ने जानकारी दिनुभयो । उहाँले २०७५ सालमा राष्ट्रिय सम्मेलन गर्ने बताउनुभयो ।

सम्मेलन समापनपछि आयोजित पत्रकार सम्मेलनको आयोजना गरी महिला तथा मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धि तथा महासन्धि, कानून र नीति नियमको पक्षम रही विधिको शासनलाई पालन गर्न स्थानीय निकायसँग सहकार्य गर्दै महिला अधिकार स्थापनाका लागि सदैव प्रतिबद्ध रहने सञ्जालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौ उपत्यकासहित विभिन्न जिल्लामा ठूलो वर्षा: नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो चितवनमा

सम्बन्धित

बागमतीका सभामुखले बोलाए सर्वदलीय बैठक, सहमति कार्यान्वयन हुनुपर्ने माओवादीको अडान

बागमती प्रदेशमा चल्ने सार्वजनिक गाडीको भाडा घट्यो

किसानलाई बाख्रा र धानको बीउ

रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज, उपत्यकामा सार्वजनिक बिदा

कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण

बिहे नगरी ‘बिए’ उत्तीर्ण गर्ने किशोरीलाई प्रोत्साहन स्वरुप एक लाख

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com