ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसपा नेपालका बाँकी सांसदले पनि विद्रोह गर्छन्- एमाले महासचिव पोखरेल


एबीसी न्यूज

काठमाडौं २५ बैशाख । एमाले महासचिव शंकर पोखरेलले जनता समाजवादी पार्टी, नेपालका अरु सांसदले पनि विद्रोह गर्ने बताएका छन् । एमाले जिल्ला कमिटी, ताप्लेजुङको १२औं अधिवेशनका लागि आएका महासचिव पोखरेलले मंगलबार बिहान पत्रकार सम्मेलनमा सांसदहरू आफैंले विद्रोह गरेको बताएका हुन् ।

‘सरकार कसरी बदल्न सकिन्छ भनेर केही दलमा एक प्रकारको आतुरी देखिन्छ । सरकार परिवर्तनका लागि अनेक प्रकारका षड्यन्त्र भइरहेका छन् । त्यही षड्यन्त्रविरुद्ध सांसदहरू आफैंले विद्रोह गरेका हुन्,’ महासचिव पोखरेलले भने ।

 

जसपा नेपालमा अझ थप सांसदहरूले विद्रोह गर्ने पनि महासचिव पोखरेलको दाबी छ । ‘जनता समाजवादीका सात जनाले त नयाँ पार्टी खोल्नु भएको छ । म ठान्दछु त्यो प्रक्रिया अझ बढ्ने छ,’ उनले भने ।

सत्ता समीकरण परिवर्तन भएपछि कांग्रेसमा देखापरेको विचलन दुःखद रहेको उनले बताए । ‘कम्तीमा तीन महिनाको समय काम गर्नका लागि दिनुपर्थ्यो । सुरुदेखि नै कांग्रेसले संसद्मा विरोध गर्दैछ । त्यही व्यक्तिलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो, त्यही मान्छे गृहमन्त्री हुॅदा विरोध गर्नु राम्रो होइन । कहिले प्रधानमन्त्रीका रुपमा योग्य देख्नु कहिले गृहमन्त्रीको बिरोध गर्नु राम्रो होइन,’ महासचिव पोखरेलले भने ।

एमाले आलोपालो सरकारभन्दा पनि राजनीतिक स्थायित्वको पक्षमा रहेको महासचिव पोखरेलको भनाइ छ । ‘हामीले के भनेका छौं भने अहिलेको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता र राष्ट्रका हितका पक्षमा खास गरी पाँच दलीय नयाँ समीकरणले बनाएका नीति कार्यक्रमको पक्षमा दृढतापूर्वक काम गरुञ्जेलसम्म यो सरकारलाई निरन्तर रूपमा कायम राख्नु पर्दछ,’ उनले भने ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै १० सिट भएको दलले प्रधानमन्त्री माग्नु न्यायोचित हुने–नहुने सोच्नुपर्ने महासचिव पोखरेलले बताए । ‘समाजवादीका नेता म प्रधानमन्त्री हुन्छु भनेर कोही आत्तिरहेका छन् भनेर हिँड्दै हुनुहुन्छ । नेपालको राजनीतिमा १० सिट भएकाले प्रधानमन्त्री बन्न खोज्नु कत्तिको सान्दर्भिक हो त्यही पार्टीका सांसदले पनि मूल्यांकन गरेका होलान्,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com