ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की


एबीसी न्यूज
बैशाख २५, २०८१ मंगलबार  १२ : ४७ बजे

काठमाडौं २५ बैशाख । पाकिस्तान र अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आईएस खोरसानले टी(२० वर्ल्ड कप क्रिकेटमा आक्रमण गर्ने धम्की दिएको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।

आयोजक वेष्ट इण्डिज क्रिकेटका अधिकारीले सुरक्षा अधिकारीहरुसँग मिलेर आवश्यक प्रबन्धका लागि काम गरिरहेको बताएका छन् ।

 

अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार आतंकवादी संगठनले वेष्टइण्डिज सहितका देशहरुलाई भिडियो म्यासेज पठाएर आक्रमणको धम्की दिइएको छ ।

आईएस खोरसानको अफगानिस्तान(पाकिस्तान शाखाले नशीर(ए(पाकिस्तान च्यानलमार्फत् पनि एक भिडियो सार्वजनिक गर्दै हमलाको धम्की दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । नशीर(ए(पाकिस्तान इस्लामिक स्टेटसँग सम्बन्धित प्रोपोगाण्डा च्यानल हो ।

 

क्रिकेट वेष्टइण्डिजका सीईओले भने( सुरक्षा पहिलो प्राथमिकता

क्रिकेट वेष्टइण्डिजका सीईओ जोनी ग्रेब्सले क्रिक बजसँगको कुराकानीमा आयोजक देश र प्रतियोगिता हुने शहरहरुमा लगातार निगरानी गर्न र सम्भावित खतराको सामना गर्न अधिकारीहरुसँग मिलेर काम गरिरहेको बताएका छन् । सुरक्षा आफूहरुको पहिलो प्राथमिकता रहेको भन्दै उनले आवश्यक प्रबन्ध मिलाइने बताएका छन् ।

टी(२० वर्लडकपका खेल वेष्टइण्डिज र अमेरिकामा जुन २ देखि २९ सम्म हुँदैछ । नेपाल पनि वर्ल्डकपमा सहभागी हुँदैछ । वर्ल्ड कप खेल्न नेपाली टोली वेष्टइण्डिज पुगिसकेको छ ।

टी(२० विश्वकपमा नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्ने छ । नेपालले १२ जुनमा श्रीलंकासँग, १५ जुनमा दक्षिण अफ्रिकासँग र १७ जुनमा बंगलादेशसँग खेल्ने छ । शीर्ष दुईमा रहन सके नेपालले सुपर ८ मा स्थान बनाउने छ ।

पारस भन्छन्( थाहा छैन

क्रिकेट एशोसिएसन अफ नेपाल ९क्यान०का सचिव पारस खड्काले भने यसबारे आफूहरुलाई जानकारी नभएको बताएका छन् । अनलाइनखबरलाई संक्षिप्त प्रतिक्रिया दिँदै पारसले भने, ‘यसबारे मलाई थाहा छैन ।’

टी(२० वर्ल्ड कप २०२४ मा ग्रुप, नकआउट र फाइनल गरी कुल ५५ खेल हुने छन् । ३९ म्याच वेष्टइण्डिजमा र १६ खेल अमेरिकामा हुनेछन् ।

मिडिया रिपोर्ट अनुसार अमेरिकालाई भने धम्की आएको जानकारी छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com