ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१३९ सांसदको समर्थनमा सरकार बनाउने योजना जसपा विघटनसगै तुहिएयो


एबीसी न्यूज

काठमाडौँ । सत्ता घटक जनता समाजवादी पार्टी(जसपा) नेपालमा भएको विभाजनले सरकारलाई कुनै असर नपर्ने एमाले र माओवादीका नेताहरूले बताएका छन् । जसपाका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला संघीय परिषद्का अध्यक्ष अशोक राई र कार्यबाहक अध्यक्ष राजेन्द्र श्रेष्ठ समूहले जसपा विभाजन गरी आइतबार निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।

कांग्रेस, जसपा र एकीकृत समाजवादीसहितको वैकल्पिक गठबन्धन बनाउन चलखेल गरेको सूचना पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीको समर्थनमा दल विभाजन भएको आरोप छ । विभाजित समूहले प्रचण्ड सरकारको पक्षमा रहेको बताएकाले पनि विभाजनमा प्रचण्ड र ओलीको समर्थन रहेको अनुमानलाई बल पुगेको छ । प्रतिनिधिसभामा १२ सिट रहेको जसपामा अशोक राई समूहमा प्रदीप यादव, सुशीला श्रेष्ठ, रञ्जु ठाकुर, हसिना खातुन, वीरेन्द्र महतो र नवकिशोशार शाह सुडी छन् । उपेन्द्रको पक्षमा राजकिशोर यादव, प्रकाश अधिकारी, रञ्जुकुमारी झा र रेखा यादव रहेका छन् । अर्थात् उपेन्द्र समूहमा ५ जना मात्र हुँदा राई पक्षमा ७ सांसद लागेका छन् ।

फेरियो अङ्कगणित

सत्ता समीकरण फेरिएपछि गएको फागुन ३० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक सांसदबाट विश्वासको मत लिएका थिए । प्रधानमन्त्री प्रचण्डलाई माओवादी, एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी, नाउपा र एक स्वतन्त्र सांसद गरी जम्मा १५७ जनाले विश्वासको मत दिएका थिए ।

जसमा एमालेको ७७, माओवादीको ३२, रास्वपाको २१, जसपाको १२, एकीकृत समाजवादीको १०, नाउपाको ४ र स्वतन्त्र सांसद प्रभु साहले प्रचण्डलाई विश्वासको मत दिएका हुन् । दल विभाजनपछि उपेन्द्र पक्ष सरकारबाट बाहिरिएमा प्रधानमन्त्री प्रचण्डसँग १५२ सांसदको समर्थन कायमै रहनेछ । त्यसमा माधव नेपालको पार्टीको १० सिटकै हिसाब नगर्दा पनि १४२ सिट कायमै रहन्छ । जवकि २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ जना सांसदको समर्थन आवश्यक पर्छ ।  एमाले–माओवादीसहितको नयाँ समीकरण बनेदेखि नै विपक्षी दल नेपाली कांग्रेसले प्रचण्ड सरकार ढाल्न विभिन्न विकल्प सारेको थियो । पहिलो विकल्प एमालेसँग मिलेर सरकार बनाउने कांग्रेसको चाहनालाई एमालेका अध्यक्ष केपी ओलीले अस्वीकृत गरेपछि दोस्रो विकल्पमा एमाले र माओवादी बेगरको वैकल्पिक गठबन्धन बनाउने तयारी गरेको थियो । जसमा कांग्रेस, जसपा र एकीकृत समाजवादीबिच आलोपालो सरकारको नेतृत्व गर्ने गरी तीन दलका शीर्ष नेताहरूले भेटघाटलाई तीव्र बनाएका थिए ।

वैकल्पिक गठबन्धनमा कांग्रेसको ८८, राप्रपा १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जपाको ६, लोसपाको ४, नाउपाको ४ र राष्ट्रिय जनमोर्चाको एक गरी १३९ सांसदको समर्थनमा सरकार बनाउने योजना जसपा विघटन पश्चात् तत्कालका लागि तुहिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com