काठमाडौं २४ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य गुरु बराल प्रमुख रहनुभएको नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० जनालाई मनोनयन गर्नुभएको छ ।
मनोनयन हुनुभएका सदस्यहरुमा फुलकुमार लालवाणी ९मोरङ०, मनोहरि तिवारी ९काठमाडौँ०, पद्मबहादुर रावल ९मुगु०, प्रेमलाल महर्जन ९ललितपुर०, देविका नेपाली ९दाङ०, किरण भगत ९सप्तरी०, महेन्द्र काफ्ले ९तेह्रथुम०, निर्मला सुवेदी ९रौतहट०, तपेन्द्रबहादुर शाह ९अछाम० र माधव तिमिल्सिना ९काठमाडौँ० रहनुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । रासस
प्रतिक्रिया दिनुहोस्