ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरु भयो पेट्रोलियम अन्बेषणात्मक ‘वेल ड्रिलिङ’


एबीसी न्यूज

काठमाडौं २३ बैशाख । दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण तथा उत्खनन्का लागि आवश्यक पर्ने पूर्वाधार निर्माण र उपकरण जडान कार्य सकिएसँगै अन्बेषणात्मक ९वेल० कार्यको उदघाटन गरिएको छ ।

आइतवार संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी पेट्रोलियम पद्धार्थको अन्बेषणात्मक ९वेल० ड्रिलिङ कार्यको उदघाटन गर्नुभएको हो । पेट्रोलियम पद्धार्थको अन्बेषणात्मक ड्रिलिङ कार्यको उदघाटन गर्दै उद्योग बाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले पेट्रोलियम पद्धार्थको अन्बेषण तथा उत्खनन भएमा मुलुक आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने बताउनुभयो ।

उहाँले देशमा भएका थुप्रै खानीहरुको अध्ययन अनुसन्धान गरी उत्खनन गर्न नेपाल सरकार लागिरहेको बताउनुभयो । उहाँले दैलेखमा पेट्रोलियम पद्धार्थ भएको पुष्टि भएमा देशलाई आर्थिक रुपमा ठुलो टेवा पुग्ने र पेट्रोलियम पदार्थको आयात होइन निर्यात गर्ने मुलुकका रुपमा नेपाल चिनिने बताउनुभयो ।

तत्कालीन समयमा भारतले लगाएको नाकाबन्दीका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गर्नुभएको परियाजनाले सार्थकताउन्मुख भएको छ, अब छिट्टै परियोजनाले मुख्य ड्रिलि«ङको काम सक्नेबित्तिकै पे«टोलियम पदार्थको परिणाम पत्ता लाग्ने र थप अन्बेषण तथा उत्खननका कामहरु हुने मन्त्री भण्डारीको भनाइ छ ।

खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितले पेट्रोलियम पदार्थको उत्खननको अन्तिम अन्वेषण तथा उत्खननको मुख्य ड्रिलिङका लागि आवश्यक उपकरण जडान गरिसकेपछि मुख्य ड्रिलिङको काम सुरु भएको जानकारी दिनुभयो ।

उहाँले मुख्य ड्रिलिङको काम सुरु भएको चार महिनाभित्र सम्पन्न गरिसक्ने गरी काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म १७५ वटा ट्रकहरु दैलेख पुगेको छ । अझै बाँकी रहेको उपकरणहरु ल्याउने काम भइरहेको छ ।”

 

चीनको केरुङ नाकाबाट अन्य उपकरण ल्याउने तयारी गरिरहेको परियोजनाका प्रतिनिधिले जनाउनुभएको छ । दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्न २०७२ चैतमा चीन र नेपालबिच प्रधानमन्त्रीस्तरीय द्विपक्षीय समझदारी भएको थियो । २०७६ फागुनमा विभाग र चिनियाँ जियोजिकल सर्भे कम्पनीबिच अन्वेषण र उत्खनन् गर्न २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सम्झौता भएको थियो ।

पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भेगरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको थियो । नेपालमा देखिएको कोरानाका कारण एक वर्ष धकिलिएको काम कोरोना नियन्त्रण भएपछि सुरु गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com