ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकपअघि आत्मविश्वासी रोहितको कप्तानी पारी


एबीसी न्यूज

काठमाडौं २१ बैशाख । अर्को महिना हुने आईसीसी टी २० विश्वकपको तयारीमा रहेको नेपालले घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’सँग पाँच खेलको टी २० शृंखला खेलिरहेको छ।

शृंखलाको चार सकिँदा नेपालले एक खेलमा मात्र जित निकालेको छ। पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपालले त्यसपछिका तीन खेलमा लगातार हार व्यहोर्दै शृंखला गुमाइसकेको छ।

शृंखलाका अहिलेसम्मका चार खेललाई हेर्ने हो भने कप्तान रोहित पौडेलले कप्तानी पारी खेलिरहेका छन्। नेपालका अन्य ब्याटरले लामो इनिङ्स खेल्न नसक्दा पनि रोहितले कप्तानी भूमिका निर्वाह गरिरहेका छन्।

 

ओमानमा भएको प्रिमियर कपको सेमिफाइनल र तेस्रो स्थानको खेलमा पराजित भएपछि नेपाली क्रिकेट समर्थकले कप्तान रोहित र टोलीको आलोचना सुरु गरिसकेका थिए। तर घरेलु मैदानमा बलियो टोली वेस्ट इन्डिजलाई बोलाएर अभ्यास गरिरहँदा कप्तान रोहितले ब्याटबाट नै आलोचना गर्नेलाई जवाफ फर्काइरहेका छन्।

 

र यसलाई शुभसंकेतका रुपमा पनि लिइएको छ। ३ खेल हारका बाबजुद रोहितले बलियो कन्फिडेन्स देखाउनु विश्वकपको संघारमा नेपाली टोलीका लागि खुसीको कुरा हो।

उनी भन्छन्, ‘प्रिमियर कपमा दुई खराब इनिङस्पछि डिसिजन मेकिङ बढिरहेको छ। पहिलो इनिङ्सपछि कन्फिडेन्ट पनि आइरहेको छ। त्यही विश्वासमा खेलिरहेको छु।’

शृंखलाको पहिलो खेलमा वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गर्दा कप्तान रोहितले १ सय १२ रनको उत्कृष्ट पारी खेलेका थिए। सो खेलमा उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए।

शृंखलाको दोस्रो खेलमा १० रनले पराजित हुँदा पनि उनले ७१ रनको अविजित पारी खेले। तेस्रो खेलमा भने कप्तान रोहितलाई विश्राम दिइएको थियो। रोहितलाई विश्राम दिइएको खेलमा दीपेन्द्र सिंह ऐरीले टोलीको कमानी सम्हालेका थिए।

चौथो खेल २८ रनले गुमाउँदा पनि रोहितले ८२ रनको उत्कृष्ट खेल प्रदर्शन गरे।

विश्वकपअघि लयमा देखिएका कप्तान रोहित आफैँले पनि जारी शृंखलामा राम्रो खेलिरहेको अनुभव गरिरहेका छन्।

‘यो प्रतियोगितामा मैले राम्रो खेलिरहेको छु। मेरो ब्याटले रन लगाइरहेको छ। गुड डेलाई ग्रेटमा परिणत गर्नुपर्ने सोचिरहेको छु’, रोहित भन्छन्।

‘ब्याटरले धैर्य देखाउनुपर्छ’
कप्तान रोहितले अन्य खेलाडी लामो समय क्रिजमा टिक्न नसक्नुलाई उनीहरुको ‘डिसिजन मेकिङ’मा केही गल्ती भइरहेको महसुस गरेका छन्। जसका लागि अन्य खेलमा त्यसमा काम गर्नुपर्ने जरुरी उनले देखेका छन्। ब्याटरले अलिकति धैर्य देखायो भने नतिजा आउने उनी सुनाउँछन्।

टोलीमा शीर्ष चारका ब्याटरमध्ये १ जनाले पनि राम्रो गर्यो भने नतिजा आफूहरुको पक्षमा आउने विश्वासमा उनी छन्।

‘शीर्ष क्रमका ब्याटर छिटै आउट हुँदा मिडल ओभरमा अलि प्रेसर ९दबाब० आइरहेको छ त्यसमा इम्प्रुभ ९सुधार० भयो भने राम्रो हुन्छ’, उनी थप्छन्।

यो शृंखलापछि नेपाली टोली अभ्यासका लागि वेस्ट इन्डिज जानेछ। टी२० विश्वकपमा नेपालले अमेरिका र वेस्ट इन्डिजमा समान २ खेल खेल्नेछ। वेस्ट इन्डिजमा नेपालले अभ्याससँगै केही अभ्यास खेल समेत खेल्ने सम्भावना छ।

नेपालले सन् २०१४ पछि विश्वकप खेल्दै छ। विश्वकपका लागि बुधबार राष्ट्रिय टोलीको घोषणा समेत भैसकेको छ। यो टोलीमा सोमपाल कामी बाहेक सबै खेलाडीका लागि पहिलो विश्वकप अनुभव हुनेछ।

सन् २०१४ मा नेपालले पहिलो पटक विश्वकप खेल्दा सोमपाल टोलीमा थिए।

सोमपाल बाहेक अहिलेको टोलीमा सबै नयाँ खेलाडी छन्। विश्वकप खेल्ने टोलीलाई कप्तान रोहित अहिलेको उत्कृष्ट १५ रहेको बताउँछन्।

‘अहिलेको अवस्थामा यो टोली विश्वकपमा नेपालको उत्कृष्ट १५ हो जस्तो लाग्छ’, रोहित भन्छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com