ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूचना प्रविधि दिवसमा विभिन्न व्यक्ति र संस्थालाई १ लाख राशिको पुरस्कार


एबीसी न्यूज

काठमाडौं २० बैशाख । सरकारले सूचना प्रविधि क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सात वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड वितरण गरेको छ ।

सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनीहरुलाई सम्मान गरेको हो ।

सरकारले नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४बाट शैलेन्द्र गिरीलाई प्रदान गरेको छ । उनी राप्ति इन्जियनियरिङ कलेजका अध्यक्ष हुन् । यस्तै नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४ वुमन०बाट लेना केशरी कंसाकार सम्‍मानित भएकी छिन् । उनी एनसेलकी चिफ टेक्नोलोजी अफिसर हुन् ।

 

 

यस्तै नेशनल आइसिटी नवप्रवर्द्धन अवार्ड वान प्वाइन्ट कम्पनीलाई प्रदान गरेको छ । कम्पनीले एपीआई म्यानेजमेन्ट एकीकृत सिस्टम विकास गरि बैंक तथा वित्तीय क्षेत्रलाई सहज बनाएको छ ।

वान पोइन्टले बनाएको एपीआई म्यानेजमेन्ट सिस्टमले एउटै प्लाटफर्मबाट सम्पूर्ण एपीआई र डिजिटल सेवाहरुलाई व्यवस्थापन र मोनिटरिङ गर्दै आएको छ ।

यस्तै नेशनल आइसिटी अवार्ड पब्लिक सेक्टरबाट सामाजिक सुरषा कोषले पाएको छ । सरकारी सेवा प्रवाहमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने निकाय भएको भन्‍दै उक्त पुरस्कार दिइएको हो ।

यस्तै नेशनल आइसिटी अवार्ड प्राइभेट सेक्टरबाट डाटा हबले पाएको छ । डेटा हबले नेपालमै पहिलो पटक डेटा सेन्टर स्थापना गरि साना तथा ठूला कम्पनीलाई डेटा सेन्टर सेवा प्रदान गर्दै आएको छ ।

डेटा हब प्रालि, नेपालको अग्रणी डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायक हो । निजी क्षेत्रको पहिलो डेटा सेन्टरको रूपमा सन् २०११ मा स्थापित डेटा हबको बुटवलमा डिजास्टर रिकभरी साइट रहेको छ ।

यसैगरी आइसिटी नेशनल आइसिटी अवार्ड प्रादेशिक पुरस्कार डाइनामिक टेक्नोसफ्ट नामक कम्पनीले पाएको छ । वीरगञ्जमा स्थापना भएर देशको सूचना प्रविधि क्षेत्रमा योगदान गर्ने डायनामिक टेक्नोसफ्टलाई प्रदेशतर्फको नेशनल आईसीटी अवार्ड दिइएको छ ।

सूचना प्रविधि सेवा निर्यात गरी नेपालमा सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने कम्पनीको रूपमा स्प्राउट टेक्नोलोजीज सर्भिसेस ९क्लाउड फ्याक्ट्री० सम्मानित भएको छ ।स्प्राउट टेक्नोलोजी आईटी कम्पनी हो, जसले विभिन्न आईटी सम्बन्धि विभिन्न सेवाहरू आउटसोर्सिङ गर्दै आएको छ ।

आर्थिक वर्ष २०७९(८० मा सबैभन्दा बढी कर तिर्ने आईसीटी कम्पनीको रूपमा नेपाल टेलिकम सम्मानित भएको छ । नेपाल टेलिकम सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक हो ।

मोनाल टेकले नेसनल आईसिटी स्टार्टअप अवार्ड २०२४ प्राप्त गरेको छ । देश तथा विदेशमा साईबर सुरक्षा सेवा प्रदान गरिरहेको मोनाल टेकलाई स्टार्टअप नेशनल आईसीटी अवार्ड प्रदान गरिएको छ ।

सन् २०२० मा स्थापना भएको मोनाल टेक नेपालको उदाउदो साइबर सुरक्षा स्टार्टअप कम्पनी हो । साइबर सुरक्षा र सफ्टवेयर क्षेत्रमा एक दशक बढी काम गरेका अनुभवी समूहले स्थापना गरेको मोनाल टेकले स्वदेश तथा विदेशका विभिन्न संघ संस्थालाई २४ सै घण्टा नेटवर्क, पूर्वाधार र डेटा सुरक्षामा काम गरिरहेको छ । यी सबै पुरस्कारको राशि एक(एक लाख रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com