काठमाडौं २० बैशाख । सिधाकुरा टिमले आज बिहीबार सर्वोच्च अदालतमा बयान दिनुपर्ने भएको छ। सिधाकुरा टिमसँग बयान लिन सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाँल र महेश शर्मा पौडेलको इजलासमा आजका लागि पेसी तोकिएको हो।
‘द डार्क फाइल’ शृंखलाअन्तर्गत प्रकाशितरप्रसारित सामग्रीबारे बयान लिन सर्वोच्चले सिधाकुरा टिमलाई बयानका लागि बोलाएको हो।
यसअघि सर्वोच्चको आदेशअनुसार सिधाकुराले ‘द डार्क फाइल’ शृंखलाअन्तर्गत प्रकाशितरप्रसारित विवादित सामग्री हटाउँदै शृंखला नै स्थगन गरिसकेको छ।
तर पत्रकार महासंघलगायत सञ्चार सम्बद्ध संस्थाहरूले भने सर्वोच्चको उक्त आदेश संविधानविपरीत भएको भन्दै विरोध गरेका छन्।
सिधाकुरा नामक अनलाइन तथा युट्युब च्यानलको टिमलाई अदालतको अवहेलना मुद्दामा कारबाहीका लागि सर्वोच्च प्रशासनले प्रतिवेदन उठाएको थियो।
प्रतिक्रिया दिनुहोस्