काठमाडौ २० बैशाख । अघिल्लो दिन बुधबार तोलामा २७ सय घटेको सुन बिहीबार भने २ हजार बढेको छ । बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने आज बिहीबार १ लाख ३६ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६३० रुपैयाँ रहेको चाँदी आज १ हजार ६४५ रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया दिनुहोस्