ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्योगको विकास नभई अर्थतन्त्र स्वाधीन हुँदैन : मुख्यमन्त्री अधिकारी


एबीसी न्यूज

काठमाडौं १९ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले परनिर्भर र आयातमुखी अर्थतन्त्रलाई नबदली समृद्ध देश बन्न नसक्ने औँल्याउनुभएको छ। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी प्रदेश पोखराले बुधबार आयोजना गरेको कार्यक्रममा अधिकारीले विभिन्न चरणका आन्दोलन र परिवर्तनले अधिकार ऐनमा आए पनि कार्यान्वयन गर्न बाँकी नै रहेको बताउनुभयो।

“जबसम्म उद्योग फस्टाउन सक्दैन, तबसम्म रोजगारी प्राप्त हुन सक्दैन। देशको स्वाधीन अर्थतन्त्र निर्माण हुन सक्दैन,’ उहाँले भन्नुभयो। श्रम क्षेत्रबाट प्राप्त भएका सुझावलाई व्यवस्थित ढङ्गले सूत्रबद्ध गर्दै काम गर्ने उहाँको वाचा छ।

सभामा मुख्यमन्त्री अधिकारीले हरेक मानिसले श्रममा विश्वास गर्नुपर्नेमा जोड दिनुभयो। १३५ औँ श्रमिक दिवसको अवसरमा भएको कार्यक्रममा उहाँले श्रमको सम्मान नगर्नेहरू असभ्य मानिने उल्लेख गर्नुभयो। “श्रमबाट नै राष्ट्रिय पुँजी निर्माण हुन्छ। रगत र पसिनाको गन्ध जुन माटोमा बग्छ, त्यो माटो सुगन्धित हुन्छ,” उहाँले भन्नुभयो।

श्रमिक वर्गको हक, हितका लागि ऐन, कानुन निर्माण भए पनि कार्यान्वयनका लागि रोजगारदाता र श्रमिक दुवैले पहल गर्नुपर्नेमा उहाँको जोड छ। गण्डकी प्रदेश सरकार ‘समृद्ध प्रदेश, खुसी प्रदेशवासी’ बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको उहाँको भनाइ छ।

सभाअघि भएको र्‍यालीमा मुख्यमन्त्री अधिकारी, नेपाली कांग्रेस गण्डकी प्रदेश अध्यक्ष शुक्रराज शर्मा, नेकपा ९माओवादी केन्द्र० गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेस उपाध्यक्ष राधिका कुइँकेल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ उपाध्यक्ष सोमबहादुर थापा, नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी अध्यक्ष मुरारी शर्मा, जिफन्ट गण्डकी अध्यक्ष रुद्र खत्री र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी सदस्य रुद्र गौतम लगायत सहभागी हुनुहुन्थ्यो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com