काठमाडौ १९ बैशाख । सुख्खा बढेका कारण देशभर डढेलो र आगलागीका घटना बढेका छन् । वैशाख लागे यता देशका एक हजार भन्दा धेरै ठाउँमा डढेलो र आगलागीका घटना भएका छन् । १३ सय भन्दा धेरै परिवार प्रभावित भएका राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क छ ।
लामो समयदेखि पानी पर्न सकेको छैन ।मौसम पूर्वानुमान महाशाखाकाअनुसार डढेलो निभाउने गरी अबको तीन दिन पानी पर्ने सम्भावना छैन । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए।काठमाण्डौ उपत्यकामा पनि आज र भोलि पानी पर्ने सम्भावना छैन । कोशी, मधेस र लुम्बिनी प्रदेशका केही ठाउँमा आज दिउँसो हुरीबतासको समेत सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्