ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिम सरकार विस्तारको तयारी, नाउपालाई कृषि मन्त्रालय दिने सहमति


एबीसी न्यूज

काठमाडौं १८ बैशाख । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।  यस क्रममा आज ९मंगलबार० बिहान बसेको सत्ता गठबन्धनको बैठकमा नागरिक उन्मुक्ति नाउपा लाई थप एक मन्त्रालय दिने सहमति भएको छ।

नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापालाई मन्त्रालयसहित सरकारमा सहभागी गराउने सहमति भएको सोही पार्टीबाट सुदूरपश्चिम प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्री रहेका कैलाश चौधरीले बताए।

उनका अनुसार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने समझदारी बनेको छ। ‘प्रदेश प्रमुखको कार्यालयबाट शपथका लागि समय मागिएको छ। त्यसैअनुसार शपथ हुन्छ,’ उनले भने।

वैशाख ६ मा मुख्यमन्त्रीमा नियुक्त सोडारीले अझैसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। मुख्यमन्त्री बनेकै दिन उनले नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरे। त्यसो त त्यस दिन उनले नाउपाकै टीका थापालाई पनि बिनाविभागीय मन्त्री बनाउन खोजेका थिए। तर बिना मन्त्रालयको मन्त्री बन्न थापाले अस्वीकार गरिन्। अहिले उनै थापा कृषि मन्त्रालयको जिम्मेवारीसहित सुदूरपश्चिम सरकारमा सामेल हुन तयार भएकी हुन्।

सत्ता गठबन्धनका अन्य घटकलाई कति र कुन मन्त्रालय दिने भन्ने विषय अझै टुंगिएको छैन। नेकपा एमालेले तत्काल सरकारमा सामेल नहुने अडान लिइरहेको छ।

बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै मुख्यमन्त्री सोडारीले सरकार विस्तार तथा विश्वास मतको गृहकार्य थालेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com