ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार यादव मृत्यु प्रकरण : ज्यान मार्ने धम्की आएको भन्दै निवेदन दिएका थिए


एबीसी न्यूज

काठमाडौं १८ बैशाख । धनुषामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका पत्रकार विनयकुमार यादवले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरी कहाँ निवेदन दिएको खुलेको छ ।

दुर्घटनाको १५ दिनअघि उनले ‘जीपले ठक्कर दिएर ज्यान मारिदिन्छु’ भन्दै धम्की आएको उल्लेख गरेर इलाका प्रहरी कार्यालय, जनकपुरधाममा निवेदन दिएको खुलेको हो ।

निवेदनमा उनले धनुषाकै विपक्षी विरेन्द्रकुमार यादवलाई केही नगरेपनि धम्क्याइरहेको भन्दै आवश्यक छलफल गरेर कानून अनुसार कारबाही गर्न माग गरेको देखिएको छ । यसको दुई सातापछि ११ वैशाखमा रेडियो धनुषाधामका सञ्चालक समेत रहेका २८ वर्षीय विनयको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

धनुषा प्रहरीका प्रवक्ता डिएसपी रञ्जन अवाले दुर्घटनाको दिन उनले चलाइरहेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा यादवको मृत्यु भएको बताएका थिए ।

मोटरसाइकल पछाडि बस्ने मृतकका छिमेकी ३० वर्षीय लक्ष्मीनारायण यादव समान्य घाइते भएको उनको भनाइ थियो । तर, पछाडि बसेको भनिएका लक्ष्मीनारायणले नै मोटरसाइकल चलाइरहेको दुर्घटना हुनुभन्दा केहिपरको सिसी टिभी फुटेज फेला परेको छ ।

‘सुरुमा लक्ष्मीनारायणले आफू पछाडि बसेको बयान दिएका थिए, अहिले उनले आफूले मोटरसाइकल चलाएको भनेका छन्’, डीएसपी अवा भन्छन् । मृतक विनयकुमारको परिवारले भने दुर्घटनालाई शंकास्पद भन्दै गम्भीर छानबिन गर्न माग गरेको छ ।

मृतक विनयका भाइ शंकर यादवका अनुसार, साथमा रहेका लक्ष्मीनारायणले फेरेको बयान र दुर्घटनापछि उनले ज्यान मार्ने धम्की दिएका वीरेन्द्र यादवलाई तीनपटक फोन डायल गरेको देखिएकाले रहस्यमय र शंकास्पद छ ।

‘४ बजेर १७ मिनेटमा लक्ष्मीनारायणले वीरेन्द्रलाई तीनपटक फोन गरेको लक्ष्मीनारायणको मोबाइलमा कल हिस्ट्री भेटिएको छ’, उनले भने, ‘यसले थप अनुसन्धान गर्नुपर्ने देखाएको छ ।’

शंकरका अनुसार, शान्ति सुरक्षाको माग गर्दै उजुरी परेका बेला लक्ष्मीनारायणले वीरेन्द्रले ‘केही गर्दैन, अघि नबढ्न’ भनेर सहमत गराएपछि विनय पछाडि हटेका थिए ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण लामा पनि त्यसबेला दुवै पक्ष सहमत भएर आएपछि थप प्रक्रिया अघि नबढाइएको बताउँछन् ।

परिवारका सदस्यहरुका अनुसार, विनय दिउँसै घरबाट निस्किएर लक्ष्मीनारायाणसहितका अरु साथीहरुसँग गएका थिए । राति लालगढको होटल मंगेश एण्ड गेष्टहाउसमा खाजा खाएर अवेर लक्ष्मीनारायणसहित फर्किएका थिए ।

‘होटलबाट उहाँले भाउजुलाई पठाएको सन्देशले पनि घटना शंकास्पद देखाउँछ’, शंकरले भने, ‘दाइले साथीहरुले आफूलाई घर आउन नदिँदा ढिलो भएको भन्दै भाउजुलाई म्यासेन्जरमा राति ११ बजेर ३२ मिनेटमा भ्वाइस म्यासेज पठाउनुभएको थियो ।’

धनुषाका प्रहरी उपरीक्षक ९एसपी० भुवनेश्वर तिवारी भने लक्ष्मीनारायणलाई हिरासतमै राखेर विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताउँछन् । ‘अनुसन्धानको भइरहेकाले धेरै कुरा अहिल्यै बताउन त मिलेन तर, लक्ष्मीनारायण हिरासतमै छन् । विभिन्न कोणबाट अनुसन्धान जारी छ’, उनले भने ।

कांग्रेसनिकट पत्रकारहरुको भातृ संगठन नेपाल प्रेस युनियन, धनुषाले पनि सोमबार एक विज्ञप्ति जारी गर्दै अहिलेसम्मको प्राप्त तथ्य प्रमाणले घटना शंकास्पद रहेको देखिएको भन्दै सुक्ष्मरुपमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com