ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सकियो लगानी सम्मेलन, साढे ६ अर्ब रुपैयाँको लगानी सम्झौता


एबीसी न्यूज

काठमाडौं १८ बैशाख । मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौतासहित तेस्रो लगानी सम्मेलन सकिएको छ । सम्मेलनमा तीन परियोजनामा लगानी र ७ वटा विविध सहकार्यसम्बन्धी सम्झौता भएको लगानी बोर्डले जनाएको छ । काठमाडौंमा आइतबार र सोमबार आयोजित सम्मेलनमा यी सम्झौता भएका हुन् । यद्यपि सरकारले लगानी आह्वानका लागि प्रस्तुत गरेको परियोजना सूचीमा भने यी परियोजना थिएनन् ।

सम्मेलनको पहिलो दिन डाटा सेन्टर निर्माण तथा सञ्चालनका लागि चौधरी ग्रुपको बीएलसी होल्डिङ्स र योट्टा डाटा सर्भिसेज भारतबीच समझदारी भयो । बीएलसी होल्डिङ्सकी प्रतिनिधि मेघा चौधरी र योट्टाका सीईओ सुनील गुप्ताले समझदारीपत्रमा हस्ताक्षर गरे । साढे तीन अर्ब लगानीमा मुलुकमा डाटा सेन्टर, क्लाउड सर्भिस र आर्टिफिसियल इन्टेलिजेन्स प्लेटफर्म निर्माणका लागि समझदारी भएको हो । सम्मेलनको दोस्रो दिन साखः एन्ड कम्पनी र चीनको बोर ग्रुप अफ होटलबीच होटल व्यवसायमा लगानी गर्ने गरी सम्झौता भएको छ । कपिलवस्तुको गोरुसिंगेमा १ अर्ब ९० करोड ९जग्गाबाहेक० खर्चेर होटल बनाउने गरी सम्झौता भएको हो ।

 

सम्मेलनमै अस्ट्रेलियाको एक्सपर्ट ग्रुप र रारा होल्डिङ्स रिसोर्टबीच मुगुको रारामा लक्जरी रिसोर्ट बनाउने गरी सम्झौता भएको छ । सम्झौतामा एक्सपर्ट ग्रुपका तर्फबाट बद्री अर्याल, सञ्जीव शर्मा र रारा होल्डिङ्स रिसोर्ट प्रालिका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरे । रिसोर्ट बनाउन दुई चरणमा गरी १ अर्ब १० करोड खर्चिने रारा होल्डिङ्सका शाहले जनाए ।

सम्मेलनमा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता पनि भएका छन् । रेमिट हाइड्रोको अवधारणाअनुरूप हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्हरूबीच सम्झौता भएको छ । रेमिट्यान्सको रकम जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको विकासमा उपयोग गर्ने गरी सम्झौता भएको हो ।

७०।३ मेगावाट क्षमताको सिम्बुवा खोला जलविद्युत् आयोजना र ७७।५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत् आयोजनाको सेयर लगानीमा कम्पनीको प्रतिबद्धताअनुरूप वैदेशिक रोजगारीमा संलग्न व्यक्तिहरूलाई सहभागी गराउने बताइएको छ । यी दुई आयोजनाको कुल सेयर पुँजीको २९ प्रतिशत वैदेशिक रोजगारीमा रहेकाहरूका लागि छुट्याइनेछ ।

सम्मेलनकै क्रममा नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड र चीनको ‘एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बीच सम्झौता भएको छ । नेक्सजेनले एमएबीसीको मुख्य कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्न सहजीकरण गर्नेछ ।

नेपालमा सार्वजनिक–निजी साझेदारी प्रवर्द्धनका लागि वर्ल्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स ९वाप० र नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेसनल्स अफ प्राक्टिस्नर्स ९नाप० बीच महत्त्वपूर्ण सम्झौता भएको छ । वापका तर्फबाट अध्यक्ष जियाद–अलेक्स्यान्डर हायक र नापका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक–निजी साझेदारी ९पीपीपी० सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

सम्मेलनमा सबैभन्दा बढी सहकार्यसम्बन्धी सम्झौता नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० को भएको छ । महासंघले आइतबार नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, मलेसियाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्न सम्झौता गरेको हो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री अफ मलेसियाका अध्यक्ष टान स्री दातो सो थियान लाईले सम्झौतापत्रमा हस्ताक्षर गरे । महासंघले आइतबार नै फेडेरेसन अफ मलेसिया म्यानुफ्याक्चरसँग पनि समझदारी गरेको छ ।

सम्मेलनको दोस्रो दिन महासंघले इन्डियन इन्डस्ट्रिज एसोसिएसन ९आईआईए० बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौता गरेको छ । सम्झौतापत्रमा एफएनसीसीआईसीका तर्फबाट खिमलाल भण्डारी र आईआईएका तर्फबाट अध्यक्ष अनुजकुमार गर्गले हस्ताक्षर गरे । नेपाल र भारतबीच लगानी, व्यापार तथा उद्योग क्षेत्रमा आपसी सहकार्य गरिनेछ । महासंघले सोमबार नै चाइना डोङ्गुआ सिङ लङ लाइटिङ प्रोडक्ट कम्पनीसँग नेपालमा लगानी सहजीकरणका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता गरेको छ । सम्मेलनमा नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने गरी सम्झौता भएको छ ।

सम्मेलनमा उद्योग विभागले यसअघि नै स्वीकृति दिइसकेको ९ अर्ब १३ करोड रुपैयाँ बराबरको विदेशी लगानीको स्वीकृतिपत्र चार जना लगानीकर्तालाई हस्तान्तरण गरेको छ । भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब, व्यावसायिक भवन निर्माण तथा सञ्चालनका लागि ३ अर्ब र २ सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि ७ करोड ६६ लाख रुपैयाँ र होटल तथा रेस्टुरेन्ट निर्माणका लागि ६ करोड २५ लाख रुपैयाँ लगानीको स्वीकृतिपत्र दिइएको हो ।

विभागले सम्मेलनमै स्वचालित मार्ग ९अटोमेटिक रुट० मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली उद्घाटन गर्दै कार्यान्वयनमा ल्याएको छ । स्वचालित मार्गबाट कुल पुँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसायमा स्वदेशी तथा विदेशी लगानी गर्न सकिनेछ । सूचना प्रविधिमा आधारित उद्योगमा न्यूनतम सीमा लागू नहुने विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीले जनाए । सम्मेलनमा ३ सय २७ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी–२, चीन–नेपालमैत्री औद्योगिक पार्क र राइजेन सोलार परियोजना विकास सम्झौता ९पीडीए० गर्ने तय भएको थियो । त्यस्तै डाबर नेपालको विस्तारका लागि परियोजना लगानी सम्झौता ९पीआईए० गर्ने तयारी थियो । तर तयारी नपुग्दा पीडीए र पीआईए हुन नसकेको बोर्डले जनाएको छ ।

सम्मेलनमा आठ सयभन्दा बढी विदेशी प्रतिनिधि सहित दुई हजार पाँच सयभन्दा बढीको सहभागिता थियो । सम्मेलनका क्रममा आशयपत्र मागिएका १९ र मार्केट साउन्डिङ ९लगानीकर्ताको प्रतिक्रिया संकलन० का ९ सहित १५४ परियोजना प्रस्तुत गरिएको थियो । आशयपत्र पेस गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैरऊर्जा परियोजनाको हकमा ३५ दिनको समय दिइएको लगानी बोर्डले बताएको छ । सम्मेलनमा ५५ देशका २२ भन्दा बढी प्रतिनिधिको सहभागिता थियो ।

नेपालमा लगानी गर्न जोड

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सरकार, निजी क्षेत्र एवं प्रमुख प्रतिपक्षी दलले एकमुख भएर नेपालमा लगानी गर्न सबै लगानीकर्तालाई आग्रह गरेका छन् । लगानी सम्मेलनको दोस्रो दिन सोमबार समापन कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हालै लगानी र व्यापार गर्ने वातावरण सहज बनाउन सम्बन्धित कानुन परिमार्जन गरिसकिएको प्रस्ट्याए । ‘नेपालमा लगानीमैत्री वातावरण बनेको छ, सबै राजनीतिक दल पनि आर्थिक मुद्दामा केन्द्रित भएका छौं,’ उनले भने ।

नेपालले बेलाबेला आयोजना गर्ने लगानी सम्मेलनले सबै राजनीतिक दलको ऐक्यबद्धतालाई सुदृढ गर्ने ओलीको भनाइ छ । ‘हालै लगानी र व्यापार गर्न वातावरण सहज बनाउन प्रधानमन्त्रीज्यूले सम्बन्धित कानुन परिमार्जन गर्नुभयो,’ ओलीले भने, ‘मेरो पार्टी एमाले कार्यान्वयनका लागि सरकारसँग दृढतापूर्वक उभिएको छ । जसले पहिलेदेखि नै नेपालमा लगानी गरिरहेका हुन् वा अवसरको खोजी गरिरहेका हुन्, उनीहरूका लागि थप अनुकूल वातावरण बनेको छ ।’ आर्थिक विकास र छोटो समयमै समृद्धि हासिल गर्ने सम्भावित समयावधि नेपालको तत्कालको लक्ष्य रहेको उनले बताए । ‘उच्च, फराकिलो र दिगो विकास लक्ष्यका लागि बलियो आधार बनाउनुहोस् । हाम्रा युवालाई उत्पादक उद्यमहरूमा संलग्न गराउँदै वृद्धि, रोजगारी सिर्जना र गरिबीको अन्त्य गरे त्यसको अनुभूति हुनेछ । साझेदार र निजी लगानीकर्ताको बलियो समर्थनले मात्र हाम्रो विकास सम्भव छ ।’ यो सरकारको स्पष्ट भिजन, अटल प्रतिबद्धता र यसको व्यापक लक्ष्य हासिल गर्न परिणाममुखी कार्ययोजना सन् २०३० सम्म एलडीसीबाट स्तरोन्नति हुँदै दिगो विकासको लक्ष्य सन् २०३० हासिल गर्ने हुनुपर्ने ओलीले जनाए ।

नेपालमा लगानीको वातावरण रहेको र विदेशीलाई लगानी गर्न आइतबार उद्घाटनसत्रमै प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि विश्वभरबाट काठमाडौंमा जम्मा भएका लगानीकर्ताहरूलाई आग्रह गरेका थिए । सम्मेलनमा सोमबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरे । नेपालमा लगानीकर्तालाई सरकारले आवश्यक सुरक्षा दिने उनको भनाइ छ ।

नेपालमा लगानी गर्न सहजीकरण गर्न सबै उच्च राजनीतिक दलले आश्वासन दिएको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जनाए । ‘सरकार र विपक्षी दलका नेताहरूबाट नेपालमा लगानी गर्न सहजीकरण गर्ने उच्च राजनीतिक आश्वासन हामीले देखेका छौं,’ उनले भने । हालका वर्षहरूमा नेपालका धेरैजसो राजनीतिक आकांक्षा पूरा गरिसकेको उल्लेख गर्दै नेपालीहरूको दीर्घकालीन विकास र समृद्धिको आकांक्षालाई साकार पार्न उच्च आर्थिक वृद्धिको बाटोतर्फ अघि बढिरहेको उनको भनाइ छ । ‘तसर्थ आर्थिक विकास र समृद्धि देशको मुख्य ऐतिहासिक कार्य हो, जसमा सरकार पूर्ण रूपमा प्रतिबद्ध छ,’ उनले भने ।

सरकारले नेपालमा लगानीका लागि अनुकूल वातावरण बनाउन विभिन्न आठ ऐन संशोधन गर्दै अध्यादेश जारी गरेको पनि श्रेष्ठले उल्लेख गरे । सरकारले दुई साताअघि मात्रै मोडल फ्रेमवर्क ‘द्विपक्षीय लगानी सम्झौता’ लाई स्वीकृत गरी चासो दिने मुलुकसँग द्विपक्षीय लगानी सम्झौताको बाटो खोलेको पनि बताए । प्रत्येक लगानीको सम्भावना र त्यसलाई सहजीकरण गर्ने नेपाल सरकारको प्रतिबद्धता उनले दोहोर्‍याए ।

लगानी सम्मेलन भव्य रूपमा सफल भएको अर्थमन्त्री वर्षमान पुनले बताए । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी० तथा नेपालका लागि विभिन्न देशका राजदूतहरूसँगको साइडलाइन बैठकमा उनले सम्मेलन सफल भएको दाबी गरे । लगानी सम्मेलनमा विकास साझेदारहरूको सक्रिय सहभागिताले आफूहरू उत्साहित भएको उनले उल्लेख गरे । विकास साझेदार, लगानीकर्ता र सरोकारवालाको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको उनको भनाइ छ । लगानी सम्मेलनमा भएको उपस्थितिले नेपाल लगानीका लागि विश्वकै उत्कृष्टमध्येको लगानी गन्तव्य भएको पुष्टि गरेको मन्त्री पुनको दाबी छ ।

विकास साझेदारहरूसँगको सहकार्यलाई आगामी दिनमा थप सुमधुर बनाइने अर्थमन्त्री पुनले प्रतिबद्धतासमेत जनाए । ‘जुन स्तरमा लगानीकर्ता, विकास साझेदार र सरोकारवालाहरूको उपस्थिति देखिएको छ, त्यसबाट लगानी सम्मेलन सफल भएको छ । नेपाल लगानीका लागि उदीयमान र आकर्षक गन्तव्य हो । र, यहाँ लगानीका प्रशस्त अवसर छन् भन्ने तथ्यलाई स्थापित गर्न हामी सफल भएका छौं,’ मन्त्री पुनले भने ।

नेपालमा सोकेस गरिएका परियोजना मुख्य गरी ऊर्जा, आईसीटी, पूर्वाधार, प्रविधि तथा अन्य क्षेत्रमा रहेको लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले उल्लेख गरे । सम्मेलनले द्विपक्षीय लगानीको वातावरण बढाउन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com