ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोजपुर दुर्घटना २ को मृत्यु १२ जना घाइते (नामावली)


एबीसी न्यूज

काठमाडौं १८ बैशाख ।  भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। घइतेमध्ये चारजना बालबालिकाको अवस्था गम्भीर छ।

भोजपुरकै आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार को १ ज २६१७ नम्बरको बोलेरो सडकबाट दुई सय मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

आमचोकबाट भोजपुरकै पारकुवातर्फ जाँदै बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए। भोजपुरबाट उदयपुर, धरान, इटहरी तर्फ जाँदै गरेका यात्रु सवार बोलेरो दुर्घटनामा परेको उनले जानकारी दिए।

‘दुर्घटनामा आमचोक गाउँपालिका–१० पाङ्चाकी २७ वर्षीया रुना राई र सुनसरीको धरान उपमहानगरपालिका ५ की ३६ वर्षीया शान्ति राईको मृत्यु भएको छ,’ इन्सपेक्टर राईले नेपालखबरसँग भने, ‘बोलेरोमा सवार १४ जनामध्ये १२ जना घाइते भएका छन्। त्यसमध्ये चार बालबालिकाको अवस्था गम्भीर छ।’

उनले रुनाको घटनास्थलमै र शान्तिको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गर्दा मृत्यु भएको बताए।

दुर्घटनामा घाइते भएका घाइते भएका सबैको अहिले धरानमै उपचार भइरहेको छ। दुर्घटनामा बोलेरो चालक भोजपुर आमचोक गाउँपालिका(१ का ३६ वर्षीय प्रकाश राई पनि घाइते भएका छन्।

यी हुन् २ मृतक र १२ घाइते

१। जि। भोजपुर आमचोक गा।पा १० बस्ने वर्ष २७ की रुना राई घटनास्थलमा नै मृत्यु भएको । लाश पोस्टमार्टमको लागि प्रहरी कर्मचारीको साथ लगाई घोपा धरान पठाएको ।
२।जि। सुनसरी धरान उ।म।न।पा। ५ बस्ने वर्ष ३६ की शान्ति राईको उपचारको क्रममा घोपा धरानमा मृत्यु भएको।

पुरुष घाइतेहरु
१। चलाक जि। भोजपुर आमचोक गा।पा १ बस्ने अन्दाजी वर्ष ३६ को प्रकाश राई (टाउको,पेट , खुट्टामा चोट बोल्न सक्ने।
२। ऐ।ऐ। आमचोक गा।पा १ बस्ने वर्ष ३० को सुमन राई टाउकोमा चोट बोल्न सक्ने ।
३। ऐ।ऐ आमचोक गापा १० बस्ने वर्ष ६० को बीर बहादुर राई अनुहार र टाउकोमा चोट बोल्न सक्ने।

महिला घाइतेहरु
१। जि। सुनसरी धरान उ।म।न।पा। ५ बस्ने बस्ने वर्ष ३३ की श्रृजना राई ( अनुहार र टाउकोमा चोट अबस्था बोल्न सक्ने।
२। जि। भोजपुर आमचोक गा।पा १० बस्ने वर्ष ३१ सरस्वती राई अनुहार,पेट , टाउकोमा चोट बोल्न सक्ने।

बालक घाइतेहरु
१। जि। सुनसरी धरान उ।म।न।पा। ५।बस्ने दिनेश राईको छोरा वर्ष १३ को साईमन राई वायाँ खुट्टामा ठूलो चोट अवास्था मध्यम।
२। जि।भोजपुर आमचोक गापा १० बस्ने नविन राईको छोरा बर्ष ५ को सायल राई टाउको, खुट्टामा चोट बोल्न सक्ने।
३। ऐ।ऐ। बस्ने बिजय राईको छोरा ६ महिनाको अनर्प राई ९मृतक रुना राईको छोरा० टाउकोमा चोट अबस्था गम्भिर।
४। जि। सुनसरी धरान उ।म।न।पा। ५बस्ने रोशन राईको छोरा बर्ष ५ को खानुहाङ राई ९मृतक शान्ति राईको छोरा० निधारमा पिल्सिएको अबस्था गम्भिर।

बालिका घाईतेहरु
१। जि। सुनसरी धरान उ।म।न।पा। ५। बस्ने बर्ष १३ की लिजा राई टाउकोमा चोट बोल्न सक्ने।
२। ऐ।ऐ। बस्ने रोशन राईको छोरी बर्ष ९ की आशिका राई ९मृतक शान्ति राईको छोरी० बायाँ हातमा चोट अबस्था गम्भिर।
३। जि।भोजपुर आमचोक गापा १० बिजय राईको छोरी बर्ष (५ कि सृष्टी राई ९मृतक रुना राईको छोरी० अनुहारमा चोट अबस्था गम्भिर।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com