काठमाडौं १८ बैशाख । इलाम २ मा भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्बाङले २६ हजार ४० मत पाएका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले २० हजार १६ मत ल्याएका छन्। दुईबीचको मतान्तर ६ हजार २४ रहेको छ।
अहिले इलाम नगरपालिकाका ११ र १२ को गणना भइरहेको छ। इलामका १२ मध्ये यो निर्वाचन क्षेत्रमा ११ वटा मात्रै समेटिन्छन्।
स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ११ हजार २ सय २३ मत पाएका छन्। घण्टीको हालत निकै तलको चौथो स्थानमा खुम्चिएको छ भने एकीकृत समाजवादीका उमेद्वारको अवस्था शर्मनाक भएको छ ।
प्रतिक्रिया दिनुहोस्