ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘पत्रकारको पेशागत सुरक्षा र संस्थागत विकासको लागि प्रदेश सरकार प्रतिबद्ध छ’


एबीसी न्यूज

काठमाडौं १७ बैशाख । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले पत्रकारिता क्षेत्र र पत्रकारहरुको समस्याप्रति प्रदेश सरकार संवेदनशिल रहेको बताउनुभएको छ । सप्तरीको तिरहुत गाउँपालिका ५ स्थित ऐतिहासिक धार्मिक पर्यटकीय स्थल लोहजरामा नेपाल पत्रकार महासंघ सप्तरीको ११ औं अधिवशनमा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री लेखीले पत्रकारको समस्याप्रति गम्भीर रहेको बताउनुहुँदै पत्रकारहरुको पेशागत सुरक्षा र संस्थागत विकासको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा रहेको तमाम समस्यालाई सम्बोधन हुने गरी कार्ययोजना पेश गर्न र छलफल गर्न पत्रकार महासंघका जिल्ला तथा प्रदेश नेतृत्वलाई आग्रह गर्नुभयो ।

लोक कल्याणकारी विज्ञापानमा प्रदेश सरकारले कटौती गरी पत्रकारलाई सुविधाबाट बन्चित गर्नु न्याय पूर्ण नभएको बताउनु हुँदै प्रदेशभरी रहेका सञ्चार माध्यमलाई दिने सुविधा वार्षिक २५ लाख यो न्यायसङ्गत नभएकोले प्रदेश नेतृत्वलाई ५० करोडको कार्ययोजना बनाएर पेश गरेमा कार्यान्वयन तर्फ लाने जिम्मा आफूलाई भएको बताउनुभयो ।

मन्त्री लेखीले संघ सरकारले बजेटमा प्रदेश सरकार र स्थानीय सरकारमाथि भेदभाव गरी केन्द्रले ८० प्रतिशत बजेट राख्ने र सातवटा प्रदेश र ७ सय ५३ स्थानीय तहलाई २० प्रतिशत बजेट बिनियोजन गरेर केन्द्र सरकारले विभेद गरेको आरोप लगाउनुभयो ।

नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब दिपेन्द्र चौहान, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष राजेश कर्ण महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, पूर्व केन्द्रिय सदस्य अबधेश झा, पूर्व सिंचाइ मन्त्री उमेश कुमार यादव, राजविराज नगरपालिकाकी कार्यबाहक प्रमुख इसरत परविन, तिरहुत गाउँपालिकाका अध्यक्ष विजय कुमार यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व सभापति बैथनाथ झा लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

उद्घाटन समारोह पश्चात् बन्द सत्रमा आर्थिक, प्रगति, साँगठानिक तथा भावी नीति तथा कार्यक्रम प्रस्तुत गरी छलफल पश्चात परिमार्जण गर्ने गरी अवेर राती पारित भएको पत्रकार महासंघ सप्तरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com