ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं-तराई द्रुतमार्गको ३३ प्रतिशत प्रगति


एबीसी न्यूज

काठमाडौं १७ बैशाख । राष्ट्रिय गौरवको आयोजना काठमाडौं(तराई(मधेश द्रुतमार्ग धमाधम निर्माण भइरहेको छ । नेपाली सेनाले जिम्मा लिएको आयोजना निर्माणको काम चालु आर्थिक वर्षको चैत मसान्तसम्मको भौतिक प्रगति ३३ दशमलव २० प्रतिशत रहेको नेपाली सेनाका सूचना अधिकारी गौरव कुमार केसीले जानकारी दिनुभयो ।

काठमडौं(तराई(मधेश द्रुतमार्ग सडक आयोजनाको मोबिलाइजेसन सहित वित्तीय प्रगति भने ३३।०२ प्रतिशत छ । उहाँले आयोजनाको समष्टिगत कार्य योजना मुताबिकको ११ वटा क्लष्टर अन्तर्गतका १३ वटा निर्माण प्याकेजहरूमध्ये १ देखि ७ नम्बरसम्मका प्याकेजहरू निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो । प्याकेज नं। ८क, ८ख, ९क, ९ख र १० को ठेक्का व्यवस्थापन भई डिजाइन तथा पूर्व तयारीका कार्यहरु भइरहेको छ । प्याकेज नं। ११ अन्तर्गत पर्ने खोकना–बुङ्गमती खण्डमा जग्गा अधिग्रहण सम्बन्धी समस्या साथै द्रुतमार्गको सुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकोले खरिद प्रक्रिया शुरु हुन बाँकी रहेको नेपाली सेनाले जनाएको छ ।

हालसम्म निर्माणाधीन तीन वटा सुरूङ् मार्गको जम्मा लम्बाइ ६।४१५ किलोमिटरमध्ये ४,८८६ मिटर सुरुङ निर्माण कार्य सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । जसअनुसार सुरुङ मार्गको प्याकेज नं। १ अन्तर्गत महादेवटार सुरुङको जम्मा लम्बाइ ३,३५५ मिटरमध्ये हालसम्म २,१३८ मिटर, प्याकेज नं। २ अन्तर्गत धेद्रे सुरुङ मार्गको जम्मा लम्बाइ १,६३० मिटरमध्ये हालसम्म १,३९८ मिटर र प्याकेज नं। ३ अन्तर्गत लेनडाँडा सुरुङको जम्मा लम्बाइ १,४३० मिटरमध्ये हालसम्म १,३५० मिटर सुरुङ निर्माण कार्य सम्पन्न भएको सूचना अधिकारी केसीले जानकारी दिनुभयो ।

नेपाली सेनाका अनुसार प्याकेज नं। १० अन्तर्गत २।२२५ मिटर चन्द्राम भीर सुरुङ र प्याकेज नं। ८ ख अन्तर्गत १।३९० मिटर देवीचौर सुरुङ, सिसौटार सुरुङको लागि खरिद सम्झौंता भई डिजाइनको क्रममा रहेको नेपाली सेनाले जनाएको छ । आयोजना अन्तर्गत रहेका जम्मा ८९ वटा पुलहरूमध्ये ८५ स्थानका पुलहरु निर्माणको लागि खरिद सम्झौता सम्पन्न भएको भएको छ । हालसम्म ५ वटा पुलको निर्माण कार्य सम्पन्न भएको छ । हालसम्म निर्माणाधीन पुलहरुको कुल २ हजार ८०२ वटा पाइल मध्ये १ हजार ७६० वटा पाइल खन्ने कार्य सम्पन्न भइसकेको छ ।

आयोजना निर्माणका लागि जम्मा १५ हजार ४ सय १६ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने र जसमध्ये सरकारी जग्गा १० हजार २ सय ४४ तथा व्यक्तिगत जग्गा ५ हजार १ सय ७२ रोपनी छ । व्यक्तिगत जग्गामध्ये हालसम्म ४ हजार ७ सय ८० रोपनी जग्गा अधिग्रहण भइरहेको र ३९२ रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको नेपाली सेनाका सूचना अधिकारी केसीले जानकारी दिनुभयो ।

हालसम्म ३० हजार ५९१ वटा रूख कटान भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को पुष १२ गतेको निर्णय अनुसार कटान स्वीकृति पाएका विभिन्न प्रजातीका ४ हजार ३४५ रुखमध्ये हालसम्म २ हजार १८३ रुख कटान गरिएको छ । कटान गरिएका रुखहरुको बदलामा हालसम्म ७ लाख ५ हजार ५५२ बिरुवा रोप्ने कार्य सम्पन्न भइसकेको नेपाली सेनाले आफ्नो वेव साइड मार्फत जानकारी दिएको हो । हाल द्रुत मार्गको सब बेस निर्माण, बायो इन्जिनियरिङ, रोड निर्माण तथा पर्खालहरु लगाउने र सेवा दिनका लागि अन्य रोडहरु निर्माण लगायतका कार्यहरु भइरहेको बताइएको छ ।

आयोजनाको रेखाङ्कन अनुकूलन तथा डिजाइन परिमार्जन बमोजिम द्रुतमार्गको २६ दशमलव ३८५ किलोमिटर देखी ३५ दशमलव ३६० किलोमिटर ४९ दशमलव ८१८ किलोमिटर देखी ७० दशमलव ९७७ किलोमिटरसम्म पर्ने प्याकेज नं। १ देखि ५ को स्वीकृत पूरक वातावरणीय प्रभाव मूल्याङ्कन ९एसइआइए० अनुसार बारा जिल्लाको राष्ट्रिय वनको ४० दशमलव १९ हेक्टर जग्गा प्रयोग गर्ने र सो वनमा रहेका ४ हजार ३४५ गोटा रुख÷पोल कटान गर्ने स्वीकृति नेपाल सरकार ९मन्त्रिपरिषद्० को पुस १२ गतेको निर्णयबाट प्राप्त भएको उल्लेख छ । द्रुतमार्गको ३५ दशमलव ३६० किलोमिटर देखी ४९ दशमलव ८१८ किलोमिटर सम्म पर्ने प्याकेज नं। ६ र ७ अन्तर्गतको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन ९एसइआइए० प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा स्वीकृतिको क्रममा रहेको जनाइएको छ ।

प्रस्थान बिन्दु खोकना र अन्तिम बिन्दु निजगढ रहेको यस काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको कुल लम्बाइ ७०।९७७ किलोमिटर छ । २०७४ मा चार वर्षभित्र काम सक्नेगरी तात्कालिक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । २०८०–८१ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा त्यो पुरा नहुने अवस्थामा पुगेपछि २०८३ सालसम्मको म्याद थपिएको हो । सुरुवातमा एक खर्ब ७५ अर्ब लगानीमा सम्पन्न गर्ने भनिए पनि अहिले लागत बढेर २ खर्ब १३ अर्ब पुगेको छ ।

नेपाली सेनाको व्यवस्थापनमा काम सुरु भएको छ वर्षको अवधिमा द्रुतमार्गको एकतिहाइ सकिएको छ । सेनाका अनुसार अहिले आयोजनाको भौतिक प्रगति ३३।२० प्रतिशत छ । चीनका ६ वटा फरक–फरक कम्पनीलाई दिइएको ठेक्कामा नेपाली निर्माण व्यवसायीको समेत सहकार्य छ । द्रुतमार्ग सम्पन्न भए तराईबाट काठमाडौँसम्मको ढुवानी ४ घण्टाले छोटिने र सामान ढुवानीमा मात्रै हरेक वर्ष ५० अर्बभन्दा बढीको बचत हुने अनुमान छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com