काठमाडौं १७ बैशाख । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा नेकपा ९एमाले०का सुहाङ नेम्बाङले ११ हजार ७८ प्राप्त गर्नुभएको छ ।
एमालेका उम्मेदवार नेम्बाङले मतान्तर बढाउँदै लैजानुभएको छ । उहाँ तीन हजार ७५४ मतले अगाडि हुनुहुन्छ । नेपाली कांग्रेसका डम्बरबहादुर खड्का सात हजार ३२४ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
त्यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ६ हजार ९०१ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले एक हजार ५१२ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्