ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली परीक्षार्थी खडा गरेको आरोपमा प्रिन्सिपल पक्राउ


एबीसी न्यूज

काठमाडौं १६ बैशाख ।  कक्षा १२ को परीक्षामा सहभागी गराउन कागजात मिलाएर नक्कली परीक्षार्थी खडा गरेको आरोपमा काठमाडौं प्रहरीले धुम्बाराहीस्थित प्रोलिफिक सेकेन्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महतलाई आईतबार प्रक्राउ गरेको छ ।

महाराजगञ्ज प्रहरी वृत्तले प्रक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ । उक्त स्कुलले प्रवेशपत्रमा विद्यार्थीको सट्टा अन्य व्यक्तिको तस्बिर राखेर परीक्षा दिने तयारी गरेको उजुरी परेको थियो । शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्डमा उजुरी परेपछि शिक्षा मन्त्रालय र बोर्डले कार्बाहीका लागि गृह मन्त्रालय र काठमाडौं महानगरपालिकालाई आग्रह गरेका थिए ।

 

उक्त स्कुलका १२ जना विद्यार्थीमध्ये ५ जना विद्यार्थीको रजिष्ट्रेशन गर्दाको तस्बिर र प्रवेश पत्रको तस्बिरमा फरक परेको बोर्डकी बागमती प्रदेश कार्यालय प्रमुख जयन्ती सत्यालले जानकारी दिईन् ।

बोर्डकाअनुसार विद्यार्थीहरु दीपक महत, तिलबहादुर महत, प्रशान्त बिष्ट, मुकेश चन्द र विवेक न्यौपानेको प्रवेश पत्रमा अन्य व्यक्तिको तस्बिर राखिएको थियो । उनीहरुको सट्टा तस्बिर राखिएका व्यक्तिहरुलाई परीक्षामा सहभागी गराउन लागिएको अंशका गरिएको छ । प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ । विद्यार्थीहरु दीपक र तिलबहादुर प्रिन्सिपल गोपालबहादुरका भाईहरु रहेको विद्यालय स्रोतले जनायो ।

शिक्षा मन्त्रालयमा सिम्बोल नम्बर २२७३३४०६, २२७३३४०७, २२३७४०९, २२७३३४४१ भएका विद्यार्थीको नक्कली परीक्षार्थी बनाई प्रवेश पत्र बनाएको उजुरी परेको थियो । उक्त उजुरीका आधारमा मन्त्रालयले गृह मन्त्रालयलाई कारवाहीका लागि पत्राचार गरेको थियो । कक्षा १२ को परीक्षा वैशाख १४ गतेबाट सुरु भएको छ । नक्कली परीक्षार्थीलाई उक्त परीक्षामा सहभागी गराउन खोजिएको आंशका छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com