काठमाडौं १६ बैशाख । इलाम क्षेत्र नम्बर २ को मतगणनाको प्रारम्भिक परिणाम आउन थालेको छ। सदरमुकाम इलाम बजारस्थित गौतम बुद्ध सभागृह ९सिटी हल० मा मतगणना भइरहेको छ।
हालसम्मको गणनामा नेपाली कांग्रेसका डम्बर खतिवडा अगाडि देखिएका छन्। दोस्रोमा नेकपा एमालेका सुहाङ नेम्बाङ छन् भने तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम छन्।
रास्वपाका उम्मेदवार मिलन लिम्बू भने प्रारम्भिक मतपरिणाममा चौथो स्थानमा छन्।
इलामको फाकफोकथुम गाउँपालिकाका मतपेटिका खोलेर गणना सुरू गरिएको हो। फाकफोकथुमको वडा नम्बर १ र २ बाट गणना थालिएको छ।
अहिले वडा नम्बर १ को मतगणना गरिएको हो।
बिहान बसेको सर्वदलीय बैठकमा क्रमशः फाकफोकथुम, चुलाचुली, माङसेबुङ गाउँपालिका र माई, देउमाई र इलाम नगरपालिकाको गणना गर्ने सहमति जुटेको थियो।
कुल मतस् १५३९
डम्बर खड्का ९कांग्रेस०( ६५७
सुहाङ नेम्बाङ ९एमाले०( ५३४
डकेन्द्रसिंह थेगिम ९स्वतन्त्र, मुढा०( १८७
मिलन लिम्बु ९रास्वपा०( ११५
आइतबार बिहान बसेको सर्वदलीय बैठकपछि करिब १२ बजेबाट मतगणना सुरु गरिएको थियो।
मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले आजै बेलुकीसम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको बताएका छन्।
इलाम–२ मा कूल १ लाख १५ हजार ८८९ मतदाता छन्। त्यसमध्ये ६९ हजार २ सय ८७ जना मतदाताले मतदान गरेका छन्।
उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
जसमध्ये ३५ हजार १ सय २५ जना पुरुष र ३४ हजार १ सय ५० जना महिला र अन्य २ जनाले मतदान गरेका छन्।
१२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।
एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ।
प्रतिक्रिया दिनुहोस्