ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘फेक न्युज’ उत्पादन गरेर मिडिया र न्यायाधीशबारे भ्रम फैलाउने कुचेष्टा’ : मिडिया सोसाइटी


एबीसी न्यूज

काठमाडौं १५ बैशाख ।   नेपाल मिडिया सोसाइटीले नेपालका स्थापित मिडिया हाउस र तिनका सञ्चालक तथा बहालवाला एक न्यायाधीशलाई समेत बद्नाम गर्ने कुत्सित उद्देश्यका साथ कलाविहीन ‘फेक न्युज’ उत्पादन गरेर भ्रम फैलाउने कुचेष्टा गरेको भन्दै त्यस्तो कार्यमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले शनिबार विज्ञप्ति जारी गर्दै जिम्मेवार मिडिया संस्थाका बारेमा भ्रम फैलाउने त्यस्तो कुचेष्टाले आफूहरुलाई गम्भीर बनाएको बताएका छन् ।

शुक्रबार सिधाकुरा डटकम अनलाइनबाट ‘भ्रष्टाचारका चार सय मुद्दा डिसमिस गर्न सर्वोच्चका न्यायाधीशसहित डिल’ शीर्षकमा अडियो सामाग्री प्रकाशित भएको थियो । सोसाइटीले सो यूट्युब भिडियोमार्फत् लोकतान्त्रिक संरचना, स्वतन्त्र मिडिया तथा न्यायपालिकामाथि आक्रमण गर्ने, जिम्मेवार नागरिक संस्थाहरुको बद्नाम गर्ने र अराजक उत्तेजित भीडको शासन लाद्ने दूषित प्रयास भइरहेको टिप्पणी गरेको छ ।

‘एक अमूक युट्युव च्यानलमा नेपालका स्थापित मिडिया हाउस र तिनका सञ्चालक तथा बहालवाला एक न्यायाधीशलाई समेत बद्नाम गर्ने कुत्सित उद्धेश्यका साथ विना कुनै तथ्य र प्रमाणका आधारमा आग्रहपूर्ण अभिनय गरिएको घटनालाई कानुनको पालना गराउने निकायहरुले तत्काल कारबाही गर्नुपर्दछ, यस प्रकारका गैरजिम्मेवार र नियोजित ‘फेक खुराक’ उत्पादन गर्ने कारखानाहरु मिडिया हुन नसक्ने तथ्यलाई स्पष्ट गर्नु आवश्यक छ,’ सोसाइटीका अध्यक्ष कँडेलले विज्ञप्तिमार्फत् भनेका छन्, ‘यस्ता खालका फेक कारखानाका पछाडि र ‘हेट स्पिच‘को वर्गमा पर्ने क्रियाकलापलाई सरकारले तत्कालै कारबाहीको दायरामा ल्याउन समेत हामी जोडदार माग गर्दछौं ।’ सोसल मिडियाको चरम दुरुपयोग गर्ने, प्रविधिलाई निहित उद्धेश्यका लागि प्रयोग गरेर गलत सूचना फैलाउने तथा आम जनता र सिंगो समाजलाई नै गैरजिम्मेवार भीडमा बदल्ने कुचेष्टाका बारेमा विश्वभरि अन्तराष्ट्रिय मिडिया संस्था, युनेस्को र संयुक्त राष्ट्रसंघले समेत लगातारजस्तै गरी चिन्ता जाहेर गरेको भन्दै अध्यक्ष कँडेलले नेपालमा पनि त्यस्तै प्रयास भइरहेको भनेका छन् । ‘विश्वभर प्रविधिको चरम दुरुपयोग गरेर लोकतान्त्रिक संरचना र स्वतन्त्र मिडिया तथा न्यायपालिकामाथि आक्रमण गर्ने, जिम्मेवार नागरिक संस्थाहरुको बद्नाम गरेर अराजक र उत्तेजित भीडको शासन लाद्ने दूषित हावा चलिरहेको छ । त्यसकै पछिल्लो घटनाका रुपमा शुक्रबार एक यूट्युब भिडियोले कलाविहीन ‘फेक न्युज’ उत्पादन गरेर नेपाली मिडिया जगत र स्थापित तथा जिम्मेवार मिडिया संस्थाका बारेमा भ्रम फैलाउने कुचेष्टाको समाचारले हामीलाई गम्भीर बनाएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

उनले अभिव्यक्ति स्वतन्त्रताका नाममा सामाजिक मूल्य, मान्यता र जिम्मेवारीलाई पूर्णतः वेवास्ता गरेर सोसल मिडियामा भइरहेको गालीगलौज, अल्पसंख्यक तथा महिलाद्धेषी दुर्भावाना र धार्मिक उन्माद जस्ता प्रवृत्ति बढ्दै गइरहेकोप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन् । ‘पछिल्लो समय नेपालमा भ्रष्टाचार विरुद्धका केही घटना तथा बेथिति र विकृतिको भण्डाफोरका सन्दर्भमा नेपाली जिम्मेवार मूलप्रवाहको मिडियाले अग्रणी भूमिका खेल्दै आएका कारण स्वार्थ समूह र राज्य संयन्त्रको दुरुपयोग गर्नेहरु अत्तालिंदै आएको सर्वविदितै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि विषयमा जो कसैका बारेमा ९मिडिया संस्था र पत्रकार समेत० तथ्यसहित समाचार बन्न सक्छन्, बन्नु पनि पर्छ । तर कुनै रिस साध्न वा अरुलाई पनि आफू जस्तै त हो नि भन्ने भाष्य तयार गर्न कुनै अनलाइन वा सोसल मिडियाको दुरुपयोग हुनु आफैमा डरलाग्दो प्रवृत्ति हो । यस्तो रबैयालाई समयमा नै नरोकिएमा भविष्यमा यस्ता घटनाले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने निश्चित छ ।’ सोसाइटीले कुनै पनि कुरा सोसल मिडियाका भित्तोमा पोतिएका कुरा वा प्रविधिको छिद्र प्रयोग गरेर बनाइएका अमूक अनलाइन डोमेन र तिनका सामाग्री समाचार र सही सूचना हुन नसक्ने दाबी गरेको छ ।

‘जिम्मेवारी विनाको कुनै पनि कुरा लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुनसक्दैन भन्ने वास्ताविकतालाई नेपाल सरकार र कानुन पालना गराउने निकायहरुले समेत आत्मसात गर्न आवश्यक छ,’ विज्ञप्तिमार्फत् अध्यक्ष कँडेलले भनेका छन्, ‘पछिल्लो फेक अडियो प्रकरण विगत केही समयदेखि लगातार नेपाली मिडिया, पत्रकार र न्यायालयमाथि खुलेआम हुने गरेका आक्रमण, धम्की र अवाञ्छित अभिव्यक्तिको नियोजित सिलसिला हो । यो फेक अडियो प्रकरण एक कलाविहीन फेक खुराकको तमासा भन्दा बढी केही होइन भन्ने स्पष्ट छ ।’ उनले त्यो कुरालाई प्रेस काउन्सिलले गरेको निर्देशनले समेत स्पष्ट पारेको दाबी गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com