ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कतारको अल जावर पार्टनर्स कम्पनीमा १५ सय कामदार तलबविहीन


एबीसी न्यूज

काठमाडौं १४ बैशाख । कतारको अल जावर पार्टनर्स कम्पनीमा रहेका ६२५ नेपालीसहित १५ सय जना कामदारले पाँच महिनादेखि तलब पाएका छैनन् । तलब र काम गर्न सामग्री नआएपछि १४ अप्रिलबाट काम रोकिएको छ ।

कतारको अल जावर पार्टनर्स कम्पनीमा १५ सय कामदार तलबविहीन
पीडित कामदारलाई गैरआवासीय नेपाली संघ कतारले कतारको श्रम विभाग र कतार च्यारिटीसँग समन्वय गरी तत्काल खाद्यान्न उपलब्ध गराएको छ । कम्पनीले कामदारलाई तलब दिन सकेपछि खाना पनि दिएको छैन ।

 

‘यो ठूलो कम्पनी हो । कम्पनीले हामीलाई तलब दिन्छ भनेर पर्खिवसेका थियौ । हामीले खाना आफ्नै पैसाले नै खाँदै आएको थियौं । अहिले हामीसँग पैसा नै छैन । बिचल्लीको अवस्थामा आउनुपर्‍यो,’ एक कामदारले भने ।

उनीहरूले अल जावरमार्फत कतारको सरकारी प्रोजेक्टमा काम गर्थे । कतार सरकारले नै ठेक्काको पैसा उपलब्ध नगराएको कारण आफूहरूले तलब दिन नसकेको सूचना कामदारलाई दिएको छ । पीडित कामदारले नेपाली दूतावाससमक्ष तलब दिई तत्काल उद्धार गर्न अनुरोध गरेको छ ।

कामदारको समस्या समाधान गर्न एनआरएन, कतारले कतारको श्रम मन्त्रालयका उच्च अधिकारीहरूसँग छलफल गरेका थिए । कतारको श्रम मन्त्रालयको प्रवासी श्रमिक मामिलाका लागि सहायक उपसचिव शेखा नजवा अल–थानीले कामदारलाई खाद्यान्नको अभाव हुन नदिने बताउँदै समस्या समाधान गर्न पहल गरिने प्रतिबद्धता जनाएकी छन् ।

एनआरएन, कतारका श्रमिक कल्याण समितिका प्रमुख कृष्ण पन्थीले कामदारलाई खाद्यान्न अभाव हुन नदिने गरी काम भइरहेको बताए । ‘यो समस्या समाधान हुनेमा हामी आशावादी छौं । उहाँहरुले पाउनुपर्ने तलब दिलाउन सम्बन्धित निकायको ध्यानकर्षण भइरहेको छ,’ उनले भने ।

यो कम्पनीमा साढे दुई वर्षदेखि करिब २० वर्षसम्म काम गरेका कामदार रहेका छन् । कम्पनीका ४ वटा साइड चलेका थिए । स्थानीय प्रहरीले कम्पनीसमक्ष दुई पटक कुरा गरिसकेका छन् । कम्पनीले तलब दिने भाका सार्दै गइरहेको छ । कम्पनीले सोमबारसम्म बक्यौता तलब दिई स्वदेश फिर्ता गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com