ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगलागी पीडितलाई जिल्ला विपद् व्यवस्थापन समितिकाे २० हजार रुपियाँ राहत


एबीसी न्यूज

काठमाडौं १४ बैशाख । जिल्ला विपद् व्यवस्थापन समितिले मटिहानीमा भएको भीषण आगलागीबाट बेघर भएका परिवारहरुलाई २० हजार नगद उपलब्ध गराउने निर्णय गरेको छ ।

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बिहीबार बसेको बैठकले स्थानीय तह, नेपाल प्रहरी, रेडक्रस सोसाइटीले क्षतिको विवरण सङ्कलन गरी जिल्ला विपद् व्यवस्थापन समितिलाई बुझाउने र सोही अनुसार समितिले तत्कालै पीडित परिवारलाई २० हजार नगद सहयोग गर्ने निर्णय गरेको हो ।

समितिले आगलागी पीडितहरुलाई राहत, अस्थायी बसोबासको लागि राष्टिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानीमा भएको आगलागीबारे जानकारी गराउनुहुँदै ९१ वटा कच्ची, ९ वटा अर्धपक्की गरी १०० वटा घर जलेको, ४६२ व्यक्ति प्रभावित भएको जानकारी गराउनुका साथै मटिहानी नगरपालिकाबाट आगलागी पिडित प्रति परिवार २५ किलो चामल, चार किलो दाल र पाँच हजार नगद वितरण गरिएको जानकारी गराउनुभएको थियो ।

समितिले वुधबार मटिहानी नगरपालिकाको वडा नं। ६ को जरलहवा वस्तीमा भएको भिषण आगलागीलाई नियन्त्रणमा लिन नेपाली सेनाबाट १५४ जना, नेपाल प्रहरीबाट १०० जना, सशस्त्र प्रहरी बल, नेपालबाट १२० जनाको टोली तथा स्थानीय बासिन्दाहरु खटिनुका साथै भारतसहित नेपालका १० वटा वारुणयन्त्र प्रयोग गरिएको जनाएको छ ।

समितिले दैनिकजसो आगलागीका घटना देखापरिरहेको वर्तमान अवस्थामा आगलागीबाट बच्न र बचाउनका लागि आवश्यक जनचेतनामूलक सामग्रीहरु स्थानीय भाषामा तयार गरी स्थानीय पत्रपत्रिका, एफ। एम। रेडियोबाट प्रसारण हुने व्यवस्था स्थानीय तह, जिल्लामा क्रियाशील गैरसरकारी सङ्घ संस्थाले मिलाउने तथा स्थानीय तहले स्थानीय रुपमा माइकिङ गर्ने निर्णय गरेको छ ।

यसैबिच, मटिहानी नगरपालिका ६ जरलहवा बस्तीका आगलागी पीडितहरुलाई राहत वितरण कार्य शुक्रबार पनि जारी छ । शुक्रबार सेभ द चिल्ड्रेन र युकेएआइडीको सहयोग तथा रतौली युवा क्लब र मटिहानी नगरपालिकाको समन्वयमा आगलागी पीडितलाई राहत वितरण गरिएको छ ।

आगलागी पीडितहरुलाई डिगनीटि किट, सरसफाइ सामग्री, भान्सा घरमा प्रयोग हुने भाँडावर्तन सेट, पाँच वर्षमुनिका बालबालिकालाई आवश्यक पर्ने सामग्रीको किट गरी ५० किसिमका सामग्री वितरण गरिएको रतौली युवा क्लबका प्रमुख वैद्यनाथ चौधरीले जानकारी दिनुभयो । राहत वितरण जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल, मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डल, नेपाली सेना परिकौली व्यारेकका कर्णेल विशेष पौडेल, सेभ द चिल्ड्रेनका घना भुसालसहितले गर्नुभएको थियो ।

बिहीबार राति आगलागी पीडितहरुलाई नेपाली सेनाका परिकौली ब्यारेकले सामूहिक रुपमा खाना खुवाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com