काठमाडौ १३ बैशाख । धनुषामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । धनुषाकोऔरही गाउँपालिका १ पौडेसरमा युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो ।धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाको अनुसार एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो । स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्