ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१६ औँ योजनाले निर्धारण गरेको आर्थिक विकासको लक्ष्य पूरा हुँदैन : महत


एबीसी न्यूज

काठमाडौं १३ बैशाख । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा। प्रकाशशरण महतले १६ औँ पञ्चवर्षीय योजनाले निर्धारण गरेको ७।३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा नहुने बताएका छन्।

बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले राजनीतिक स्थायित्व आउन नसकेसम्म लक्ष्य प्राप्त हुन नसक्ने जिकिर गरे।

आवधिक योजनाको युटिलिटी समाप्त भइसकेको बताउँदै उनले योजना आयोगको संरचनालाई नीति र कार्यान्वयन अनुगमन संयन्त्रको रुमपा विकास गर्न आवश्यक रहेको पनि बताए।

‘अब यो आवधिक योजनाको युटिलिटी समाप्त भइसक्यो। त्यसकारण अब यो आयोग योजना आयोगको संरचना छ, यसलाई नीति र कार्यान्वयन अनुगमन संयन्त्रको रुमपा आउने दिनमा विकास गर्नेतर्फ सरकार र राजनीतिक दलहरुले गम्भीर भएर सोच्नुपर्छ। सिरियस थिंक ट्यांकको रुपमा रिसर्च र मनिटरिङको संयन्त्रको रुपमा यसलाई विकास गर्ने हो भने रिसर्चबेस पोलिसी रिकमेण्डसेन छ, त्यसलाई सरकारले कार्यान्वयनमा लिएर जाने तहमा जानुपर्छ,’ उनले भने।

उनले समृद्ध नेपाल र सुखी नेपाली भनेर घोषणा गरिएको शब्द सुन्दर भए पनि अड्चन र समस्यातिर ध्यान पुग्नुपर्ने बताए।

‘मुल अड्चन नै के देखेको छु भने पोलिटिकल एण्ड ब्युरोकेटीक इन्स्टाब्लिटी। जबसम्म प्रशासनतन्त्रमा पनि स्टाब्लिटी छ, राजनीतिक तहमा पनि इन्स्टाब्लिटी छ। हाम्रो प्रशासनतन्त्रमा जुन सरुवाको एभ्रेज आयु नै पनि सचिव, सहसचिवको हेर्ने हो भने पनि त्यस्तै छ, राजनीतिक तहको आयु हेर्ने हो भनेपनि यसले समग्र हाम्रो ग्रोथ, आर्थिक विकासको लक्ष्य निर्धारण गरेका छौँ, त्यसमा ठूलो इम्प्याक्ट प्रभाव पारिरहेको छ’, महतले भने।

पूर्वअर्थमन्त्री डा। महतले आउने आर्थिक वर्षमा ५ प्रतिशतसम्म मात्रै अर्थिक वृद्धि हुनसक्ने पनि बताए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com