काठमाडौं १३ बैशाख । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं। ६ को जरलहवा बस्तीका अग्निपीडित परिवारहरूलाई राहत वितरण सुरु भएको छ । बुधबार मटिहानी नगरपालिका वडा नं। ६ स्थित जरलहवा गाछी बस्तीमा भएको आगलागीमा डेढसय भन्दा बढी घर जले ।
बिहीबार बिहानै अग्निपीडित परिवारहरूलाई मटिहानी नगरपालिका वडा नं। ८ का सुनचाँदी व्यवसायी जयशंकर गुप्ताले आलु, आटा तथा बस्ने पटिया वितरण गर्नुभएको छ । त्यसैगरी जलेश्वर नगरपालिका(२ निवासी मनुराज चौधरीले अग्निपीडित परिवारलाई एक(एक कार्टुन चाउचाउ वितरण गर्नुभएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो । उहाँले वुधबार राति नै आगलागी पीडितहरूलाई खानेकुरा, पानी त्रिपाल तथा रेडक्रस सोसाइटीले बाल्टिन र मग वितरण गरेको जानकारी दिनुहुँदै बिहीबार बिहानै बिस्कुट वितरण गरिएको बताउनुभयो ।
नगरपालिकाको स्रोतसाधनबाट धान्ने गरी आगलागी पीडितहरूलाई सहयोग भइरहेको बताउनुहुँदै नगरप्रमुख मण्डलले विपद्को यस घडीमा सहयोगको लागि सबैसँग अपिल गर्नुभयो । बिहीबार बिहानै मधेश प्रदेशका गृहमन्त्री राजकुमार लेखी, राज्यमन्त्री शारदा थापा, प्रदेशसभा सदस्य रानी शर्मा तिवारी तथा गृहसचिव वीरेन्द्र यादवसहितका टोलीहरू घटनास्थल पुगेर निरीक्षण भ्रमण गर्नुभएको छ । उहाँले अवस्था भयावह रहेको बताउनुहुँदै क्षतिको यकिन गरेर मधेश सरकारबाट आगलागी पीडितहरूलाई सहयोग गर्ने आश्वासन दिनुभयो ।
जरलहवा बस्तीमा वुधबार लागेको आगलागीलाई नियन्त्रणमा लिन १० वटा वारुणयन्त्रलाई झण्डै सात घण्टाभन्दा बढी समय लागेको थियो । अहिले आगलागी पीडितहरूलाई राहत र पुनर्स्थापना कसरी गर्न सकिन्छ भन्नेमा समय दिनुपरेको बताउनुहुँदै नगरप्रमुख मण्डलले आगलागी पीडितहरूलाई संयमता साथ बस्न आग्रह गर्नुभयो ।
मटिहानीमा लागेको आगलागीको विषयमा जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बिहीबार बस्न लागेको छ । हावाहुरी, आगलागी र राहत लगायतका विषयमा आकस्मिक बैठक बोलाइएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।
आगलागी पीडितहरू के भन्छन् ?
बिहीबार बिहानै घटनास्थल पुग्दा धेरै जना आगलागी भएको घरको सामग्रीहरू बटुल्न तथा सरसफाइमा लागेका थिए । रातभरि जागराम बसेका मटिहानी ६ जरलहवा बस्तीका साहना खातुनले जलेको घर देखाउँदै धेरै सपना घर खरानीसँगै डढेको बताउनुहुन्छ । उहाँले अहिलेसम्म नगरपालिका वा कुनै निकायबाट केही सहयोग प्राप्त नभएको बताउनुभयो। ूदाहा ९ताजिया० पछि छोरीको विवाह जलेश्वर नगरपालिका वडा नं। ४ मा गर्न लागेको थिएँ । त्यसको लागि गरगहना, लत्ताकपडा तथा केही रकम जोहो गरेर राखेको थिएँ तर आगलागीमा सबै जल्यो । आगलागी भएको बेला आफू घरभन्दा बाहिर चौरीमा पात सोहर्न गएको र आगलागीको जानकारी भएपछि भाग्दै आएपनि केही बचाउन सकिएन घरभरि फैलिएको आगोबाट केही चामल बचाउने प्रयास गरेको थिएँ त्यो पनि कसैले लिएर भागेू, खातुनले भन्नुभयो ।
काखमा बच्चालाई सुताएर एकतमासले जलेको घर हेरिरहेकी सोही बस्तीकै सविना खातुनले महाजनसँग लिएको कर्जा चुकाउन पाँच(दश हजार गरेर जम्मा गरेको दुई लाख नगद आगलागीसँगै जलेको बताउनुहुन्छ।
सोही बस्तीको अनवारुल शेषको घरमा केही छिमेकीहरू बसेर महिलाहरूलाई सान्त्वना दिइरहेकी थिइन । उहाँहरूले सानासाना चार बच्चा भएको र अहिले पनि सुत्केरी भएको बताउँदै च्यूरा, बिस्कुटले घर टार्न सकस हुने बताउँदै सरकारलाई तत्काल सहयोग गर्न आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्