ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगानी भित्र्याउने सहमति


एबीसी न्यूज

काठमाडौं १३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर सेख तमिम बिन हमाद अल थानीबिच नेपालको विकास र लगानीमा परस्पर साझेदार बनेर अगाडि बढ्ने समझदारी बनेको छ । प्रधानमन्त्री प्रचण्ड र अमिर थानीबिच बुधबार भएको द्विपक्षीय भेटवार्तामा आसन्न लगानी सम्मेलनसँगै नेपालको विकासमा साझेदारी बढाउन नेपालमा कतारबाट उच्च लगानी भित्र्याउने सहमति भएको हो ।

प्रधानमन्त्री प्रचण्डले दुई देशबिचको सम्बन्ध आपसी सम्मान, विश्वास र सहयोगमा आधारित रहेको बताउनुभयो । दुई देशको सम्बन्ध केवल सरकारी तहमा मात्र सीमित नभई जनस्तरमा पनि विस्तार भएको बताउनुहुँदै उहाँले दुई देशबिच हुने उच्चस्तरीय भ्रमणले आपसी सम्बन्धलाई अझ प्रगाढ तुल्याउन, सुदृढ गर्न र थप उचाइमा पुर्‍याउन मद्दत पुर्‍याएको विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास नेपालको प्राथमिकता भएको चर्चा गर्दै सन् २०२६ मा विकासशील मुलुकमा स्तरोन्नतिका आकाङ्क्षा पूरा गर्न पनि कतार सरकारको सहयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले जलविद्युत् उत्पादन, अस्पताल तथा स्वास्थ्य संस्था वा अन्तर्राष्ट्रियस्तरका क्रिकेट तथा फुटबल रङ्गशाला जस्ता ठुला पूर्वाधार परियोजना विकासका लागि सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल विश्वका लगानीकर्ताका लागि सर्वाधिक आकर्षक स्थल भएको औँल्याउँदै प्रधानमन्त्री प्रचण्डले कृषि, खानी, ऊर्जा र जलविद्युत्, पूर्वाधार विकास, पर्यटन, सूचना तथा सञ्चार प्रविधि र सेवा तथा सत्कारका क्षेत्रमा वैदेशिक लगानीको अवसर रहेको अमिर थानीलाई जानकारी गराउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपालमा शुद्ध पिउने पानीको पर्याप्त स्रोत भएकाले विश्व बजारमा बोतलबन्द पिउने पानी वितरण गर्न सकिने प्रचुर सम्भावना छ ।” नेपाल सरकारले लगानीमैत्री वातावरण सुनिश्चित गरेको र छिट्टै हुन लागेको लगानी सम्मेलनमा कतारबाट उच्चस्तरीय प्रतिनिधिमण्डल तथा लगानीकर्ताको टोली नेपाल आउने अपेक्षा कतारका अमिर थानीसमक्ष व्यक्त गर्नुभयो । नेपाल अर्गानिक कृषि उत्पादनका लागि उपयुक्त ठाउँ भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रमा लगानीका लागि कतारका लगानीकर्तालाई प्रोत्साहित गर्न सकिने स्पष्ट पार्नुभयो ।

नेपालको पर्यापर्यटनको क्षेत्र विश्व पर्यटनकै आकर्षणको केन्द्र रहेकाले लगानी सुरक्षित हुने जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले थप्नुुभयो, “नेपालको पर्यटन पूर्वाधारको विकासमा गरेको अन्तर्राष्ट्रिय लगानी खेर जाने छैन ।” उहाँले सन् २०१३ मा कतारका सेख मोहम्मद बिन अब्दुल्लाह अल थानीले गर्नुभएको सगरमाथाको सफल आरोहणले विश्वमा नेपालको पर्यटन प्रवर्धनमा सघाउ पुगेको जानकारी दिनुभयो ।

कतार पर्यटन प्राधिकरणको बाह्य पर्यटन गन्तव्यको सूचीमा नेपाललाई समावेश गर्न पनि उहाँले आग्रह गर्नुभयो । दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी हितमा सहयोग आदानप्रदान हुनुपर्नेमा जोड दिनुभयो ।

सिधा उडान र वैदेशिक रोजगारीमा सहकार्यमा जोड

प्रधानमन्त्री प्रचण्डले कतार सरकारलाई लुम्बिनी र पोखराबाट सिधा उडान सञ्चालन गर्न आग्रह गर्नुभयो । काठमाडौँ र दोहाबिच प्रभावकारी एवं पर्याप्त हवाई यातायात भएकाले उडान राम्रो हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

वैदेशिक रोजगारीका क्रममा कतारमा कार्यरत नेपाली नागरिक दुई देशबिचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सबल बनाउने सूत्र भएको उहाँले प्रस्ट पार्नुभयो । साथै कतारका अमिरसमक्ष प्रधानमन्त्री प्रचण्डले कतारमा दक्ष तथा अर्धदक्ष श्रमिक पठाउन नेपालमा व्यावसायिक तालिम र सिप विकास केन्द्रहरू स्थापना गर्न लागिएकाले त्यसमा सहयोग गर्न आग्रह गर्नुभयो ।

कतारमा करिब चार लाख नेपाली श्रमिक रहेका छन् । कतारमा रहेका नेपाली नागरिकका समस्या समाधान कूटनीतिक पहलमार्फत गर्न नेपाल तयार रहेको उहाँले प्रस्ट पार्नुभयो ।

विपिनको रिहाइका लागि पहलको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कतारका अमिर सेख तमिम बिन हमाद अल थानीलाई इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ ।

कतारका अमिर थानीसँगको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले त्यस्तो ध्यानाकर्षण गराउनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले पनि कतारका अमिर सेख तमिम बिन हमाद अल थानीसँग त्यस्तै आग्रह गर्नुभएको थियो ।

शैक्षिक इन्टर्नसिपका लागि इजरायलमा रहेका निर्दोष नेपाली विद्यार्थी विपिन जोशी गत असोजमा हमासले गरेको आक्रमणपछि बेपत्ता छन् । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “म उनको शीघ्र तथा सुरक्षित रिहाइको सहजीकरणका लागि कतार सरकारसमक्ष पुनः अनुरोध गर्न चाहन्छु ।”

प्रधानमन्त्रीको उक्त आग्रहपछि कतारका अमिर थानीले सबै देशका बन्दी रिहाइका लागि पहल गर्ने बताउनुभएको थियो । पश्चिम एसियामा बिग्रिँदै गएको परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै उहाँले जतिसक्दो चाँडो युद्ध अन्त्य भएर शान्ति पुनस्र्थापना होस् भन्ने चाहना व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com