काठमाडौं ११ बैशाख । कतारका राजा शेख तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन्।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थलमै पुगेर स्वागत गरे। बंगलादेशको भ्रमण सकी नेपाल आइपुगेका राजा शेखको भ्रमणलाई भव्य रुपमा सफल पार्न सरकारले तयारी गरेको थियो।
त्रिभुवन विमानस्थलबाट राजा शेख राष्ट्रपति पौडेलसँगको भेटवार्ताका लागि सिधै शीतलनिवास प्रस्थान गरेका छन्। नेपालमा रहँदा उनी सोल्टी होटलमा बस्नेछन्।
प्रतिक्रिया दिनुहोस्