काठमाडौ ११ बैशाख । बैतडीमा पासोमा परेको चितुवाको आज उद्धार गरिएको छ । सिगास गाउँपालिका–९ चुवाँ भेरिखोलामा स्थानीयले थापेको पासोमा परेको चितुवाको उद्धार गरिएको हो । डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलीपकुमार यादवका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पासोमा परेको चितुवाको उद्धार गरेको हो ।
पशु चिकित्सकले उपचार गरेपछि चितुवालाई सिगास संरक्षित वनमा छाडिएको उहाँले बताउनुभयो । चितुवाको खुट्टामा सामान्य चोट रहेकाले उपचारपछि सिगास संरक्षित वनमा छाडिएको हो । स्थानीयले थापेको पासोमा परेको अन्दाजी दुई वर्षको चितुवालाई स्थानीयले देखेपछि प्रहरी र डिभिजन वन कार्यालयलाई खबरपछि उद्धार गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्