ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कतारी राजाको भ्रमण टोलीमा ६ मन्त्रीसहित ७० जना, होटल सोल्टीमा द्विपक्षीय वार्ता


एबीसी न्यूज

काठमाडौं ११ बैशाख । विशेष विमानबाट नेपालको दुई दिने राजकीय भ्रमणमा आउन लागेका कतारी राजा शेख तमिम बिन हमाद अल थानी अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छन्।

७० जनाभन्दा बढी सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजा शेख तमिम बंगलादेश हुँदै नेपाल आउन लागेका हुन्। उनको टोलीमा कतार सरकारका ६ जना मन्त्रीसहित उच्च तहका अधिकारी हुनेछन्।

उनको विमान अवतरण गर्नुअघि कम्तीमा १५ मिनेट विमानस्थल बन्द हुनेछ।  उनलाई विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नेछन्। राजाको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिनेछ।

त्यसपछि उनी होटल सोल्टीमा जानेछन्।

त्यहाँ केहीबेर आराम गरेर राजा शेख राष्ट्रपतिसँग शिष्टाचार भेट गर्न शीतलनिवास पुग्ने कार्यक्रम छ। बुधबार नेपाल र कतारबीच द्विपक्षीय औपचारिक वार्ता हुनेछ। त्यही क्रममा विभिन्न सम्झौता तथा समझदारीमा हस्ताक्षर हुनेछ।

शिक्षा, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उर्जा मन्त्रालय अन्तर्गत सम्झौता गर्ने गरी योजना तयार पारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालका तर्फबाट वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले गर्ने मन्त्रिपरिषद्को निर्णय छ।

बुधबार प्रधानमन्त्री प्रचण्डले नै कतारी राजाको सम्मानमा दिवाभोज दिनेछन्।

सरकारले भ्रमणलाई उच्च महत्त्व दिँदै मंगलबार सार्वजनिक बिदा दिएको छ।

नेपालले गर्न लागेको लगानी सम्मेलनअघि कतारी राजाको भ्रमणलाई उच्च महत्त्वका साथ लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com