ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निगमको न्यारोबडी जहाज आज आउने


एबीसी न्यूज

काठमाडौं १० बैशाख । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज सोमबार ९आज० काठमाडौँ आइपुग्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा सो जानकारी दिनुभयो । उहाँका अनुसार इन्जिन मर्मतका लागि इजरायलमा रहेको न्यारोबडी जहाज ९नाइन एन एकेएक्स एयरबस ३२० लुम्बिनी० सोमबार काठमाडौँ आइपुग्ने छ । “न्यारोबडी जहाज ग्राउन्डेड भएको विषय मेरो जानकारीमा थियो । इन्जिन मर्मतका लागि जहाज इजरायल पठाउँदा निगमलाई दैनिक घाटा बढ्दै गएपछि मैले तत्काल इन्जिन बनाएर ल्याउन ताकेता गरेको थिएँ । जहाज मर्मत भएर आएपछि समस्या समाधान हुने विश्वास लिएको छु,” उहाँले भन्नुभयो । विभिन्न प्राविधिक समस्याका कारण जहाज समयमा मर्मत भएर आउन नसकेको भन्दै उहाँले इजरायलको कम्पनीले समयमा जहाजको इन्जिन मर्मत गर्न नसकेकाले तत्काल क्षतिपूर्ति माग दाबी गरिने जानकारी दिनुभयो ।

सो जहाजको दायाँ इन्जिन बिग्रेर गत पुस २६ गते इजरायल एरोस्पेस इन्डस्ट्रिजमा पठाइएको थियो । जहाज मर्मतसम्भारका लागि इजरायलको मेन्टिनेन्स रिपेयर अर्गनाइजेसन कम्पनी ९आइएआई० सँग निगमको सम्झौता भएको थियो । जहाजको कुनै एक इन्जिनमा समस्या आएको एक साताभित्र विकल्पमा अर्को इन्जिन व्यवस्था गर्ने अथवा बिग्रेको इन्जिन ६५ दिनभित्र मर्मत गरेर हस्तान्तरण गनुपर्ने व्यवस्था आइएआईसँग भएको सम्झौतामा उल्लेख छ । यसो हुन नसक्दा निगमको घाटा बढेकोलगायतका कारण देखाउँदै निगमले क्षतिपूर्ति माग गर्ने जनाएको छ ।

जहाज नेपाल फर्काउन निगमका वरिष्ठ पाइलट नृपेन्द्र भट्टराई, अरविन्दराज पहारीलगायतको चालक दल इजरायलको तेलअबिब पुगिसकेको छ । उक्त जहाज तेलअबिब–दुबई हुँदै काठमाडौँ आउन लागेको हो । लामो समयदेखि ग्राउन्डेड जहाज तालिका अनुसार सञ्चालनमा आउन नसक्दा निगमले सातामा दर्जनौँ उडान कटौती गर्दा करोडौँ रुपियाँ आम्दानी गुम्दै आएको निगमको दाबी छ । उडान कटौती हुँदा भारतको दिल्ली, मुम्बई, बेङलुरुलगायत गन्तव्यमा जाने यात्रुले विदेशी वायुसेवाको प्रयोग गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com