ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार महासंघको संस्थापकको विवाद सबैको सम्मान हुनेगरी टुंगियोस् : मन्त्री चौधरी


एबीसी न्यूज

काठमाडौं ९ बैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुनेगरी पत्रकार महासंघको संस्थापकको विवाद टुंगो लाग्नुपर्ने बताएकी छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज० ले आयोजना गरेको नेपाल पत्रकार महासंघको स्थापना दिवस र सत्यनारायणबहादुर श्रेष्ठको योगदान विषयक संवाद कार्यक्रममा तथा फोनिज युके पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले उक्त धारणा राखेकी हुन् । चौथो अंगको रूपमा सबैले स्वीकार गरेको पत्रकारिता क्षेत्रको साझा संस्थालाई सबैले अपनत्व गर्ने संस्थाको रूपमा विकास गर्न उनले आग्रह गरिन् ।

‘पत्रकार महासंघको स्थापनाका सन्दर्भमा महासंघ आफैले संवाद सुरु गरेको छ । यो विषयले पक्कै पनि टुंगो लाग्नेछ भन्ने विश्वास व्यक्ति गर्दछु’, उनले भनिन्, ‘मलाई लाग्छ यो विषय सिंगो पत्रकारिता क्षेत्रको गौरवसँग जोडिएको विषय भएकाले यसले पक्कै पनि छिट्टै अगाडि बढ्नेछ । सत्य तथ्यको आधारमा पक्कै पनि यस विषयको समाधान हुनेछ ।’

‘सत्यनारायणजीले त्यो जमानामा जनताका पक्षमा सूचना सम्प्रेषण गर्दै पत्रकारिता क्षेत्रमा लागेका पत्रकारलाई संगठित गर्ने काम गर्नुभएको हिसाबले उहाँ हामी सबैका लागि सम्मानित व्यक्तित्व हुनुहुन्छ’, उनले भनिन्, ‘त्यसैगरी हाम्रा सन्त नेता सम्मानित व्यक्तित्व नै हुनुहुन्छ । उहाँहरू दुवैप्रति म आदर गर्दछु । त्यस अर्थमा पत्रकार महासंघले यो विषयलाई सकारात्मक रूपमा अवतरण गराउनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

समुदायबाट उठेर पत्रकारिता क्षेत्रमा आउने क्रम रहेको सन्दर्भमा खुसी व्यक्त गर्दै उनले आगामी दिनमा अझ बढीभन्दा बढी जनताका कुराहरू बाहिर ल्याउन सक्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com