ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कतारका राजा नेपाल आउँदैछन्, विपिनको रिहाइका लागि कुरा गर्छौं : प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज

काठमाडौं ९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको रिहाइका लागि आवश्यक कुटनीतिक पहल भइरहेको बताएका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विद्रोही समूहले बन्धक बनाएका विद्यार्थी जोशीलाई सकुसल स्वदेश फिर्ता गर्न कुटनीतिक पहल भइरहेको बताएका हुन्।

कतारका राजा अमिरको आसन्न नेपाल भ्रमणमा विपिनको रिहाइको विषयमा कुरा राखिने उनले बताए।

‘केहीदिनभित्रै कतारका राजा अमिर नेपालको औपचारिक राजकीय भ्रमणमा आउँदै हुनुहन्छ। हामीले एउटा एजेण्डा विपिन जोशीको रिहाइमा कतारले खेल्न सक्ने भूमिकालाई पनि बनाएका छौँ,’ उनले भने, ‘आज बिहान मात्रै मैले कुवेतको एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा पनि विपिनको रिहाइको निम्ति कतारले खेल्न सक्ने भूमिका बारेमा उल्लेख गरेको छु र डिमान्ड पनि गरेको छु।’

सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसका १० जना विद्यार्थीको प्यालेस्टाइनी विद्रोही समूहको आक्रमणमा परेर मृत्यु भएका थिए। महेन्द्रनगरका विपिन जोशीलाई हमासले बन्धक बनाएर लगेको थियो।

कतारका अमिरले वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com