ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्र छाडेका शर्मा पतिपत्नी जसपा प्रवेश गर्दै


एबीसी न्यूज

काठमाडौं ९ बैशाख । नेकपा माओवादी केन्द्र छाडेका केन्द्रीय सदस्यद्वय रामकुमार शर्मा र इन्दु शर्मा आज जनता समजवादी पार्टी ९जसपा० प्रवेश गर्दैछन्। शर्माद्वय पतिपत्नी हुन्।

महोत्तरी सदरमुकाम जलेश्वरमा आइतबार दिउँसो हुने कार्यक्रममा जसपाका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उनीहरुले स्वागत गर्ने तयारी छ।

जलेश्वर घर भएका रामकुमार विगत लामो समयदेखि माओवादी नेतृत्वसँग असन्तुष्ट थिए। एक महिनाअघि मात्रै उनले माओवादी केन्द्र परित्याग गरेका थिए।

‘आज म जसपामा प्रवेश गर्दै छु,’ रामकुमार शर्माले नेपालखबरसँग भने, ‘जसपासँग मेरो ‘केमेस्ट्री’ पनि मिल्छ। तत्कालीन मधेसी जनअधिकार फोरममा उपेन्द्र ९यादव०जी अध्यक्ष हुँदा म महासचिव थिएँ। उपेन्द्र जीलाई छाडेर माओवादी जनयुद्धमा लागेको म आज माओवादी छाडेर जसपामा जाँदै छु।’

धेसी जनअधिकार फोरम पार्टीका रूपमा दर्ता हुनुअघि गैरसरकारी संस्था ९एनजीओ० थियो।

०७९ मा भएको आमनिर्वाचनमा माओवादीले दिएको टिकट पनि फिर्ता लिएपछि रामकुमार पार्टी नेतृत्वसँग असन्तुष्ट थिए। त्यतिबेलैदेखि उनको अध्यक्ष प्रचण्डसहितका नेताहरूसँग राम्रो सम्बन्ध थिएन।

डेढ वर्षभन्दा लामो समयसम्म पार्टीमा निष्क्रिय बसेका रामकुमार आज औपचारिकरूपमा जसपामा प्रवेश गर्न लागेका हुन्।

पार्टीले दिएको टिकट पनि खोसेपछि आगो भएका शर्माले चुनावअघि नै नेकपा एमाले वा जसपा प्रवेशको तयारी गरेका थिए। त्यतिबेला उनले माओवादी छाड्ने घोषणा गरेका थिए।

माओवादी छाड्छु, एमाले–जसपा गठबन्धनलाई सघाउँछु स् रामकुमार शर्मा ९अन्तर्वार्ता०
०७९ मा महोत्तरी क्षेत्र नम्बर ३ को प्रदेश सभा ९ख० मा माओवादीले रामकुमारलाई दिएको टिकट खोसेर लोसपालाई सघाएको थियो। त्यतिबेला मनोनयनकै दिन टिकट खोसिएपछि शर्माले प्रचण्डको तीव्र आलोचना गरेका थिए।

शर्मालाई दिएको टिकट खोसेर माओवादीले महोत्तरी ३ मा सत्ता गठबन्धनबाट लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई सघाएको थियो भने महोत्तरी ३ ‘क’बाट लोसपाकै अभिराम शर्मा विजयी भएका थिए।

जसपा प्रवेश गर्न लागेकी इन्दु शर्मा योभन्दा अघिल्लो प्रतिनिधिसभामा माओवादी केन्द्रबाट समानुपातिक कोटाबाट सांसद बनेकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com