ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकीमा कांग्रेसद्वारा संसद् बैठक बहिष्कार


एबीसी न्यूज

काठमाडौं ७ बैशाख । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले शुक्रबार दिउँसो ३ बजेका लागि डाकिएको प्रदेश सभाको बैठकमा सहभागी नहुने निर्णय गरेको छ।

कांग्रेसका सचेतक नन्दप्रसाद न्यौपानेद्वारा जारी विज्ञप्तिमा वर्तमान मुख्यमन्त्रीको नियुक्ति नै असंवैधानिक भएको र सो विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले बैठकमा सहभागी नहुने निर्णय गरेको हो। कांग्रेसले यो विषयबारे सभामुखको ध्यानाकर्षणसमेत गराएको छ।

‘मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रदेश सभाको बैठक सञ्चालन गर्नु संवैधानिक दृष्टिले त्रुटिपूर्ण र संसदीय मर्यादा एवं परम्पराविपरीत समेत हुने भएकाले प्रदेश सभा बैठक सञ्चालन नगर्नरनगराउन अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

गण्डकी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबारका लागि प्रदेश सभा बैठक आह्वान गरेका थिए।

सभामुख कृष्ण धिताललाई समेत जोडेर बहुमत देखाउँदै एमाले संसदीय दलका नेता खगराज अधिकारीको मुख्यमन्त्रीमा नियुक्ति नै असंवैधानिक भएको कांग्रेसको जिकिर छ।

सोही मागसहित नेपाली कांग्रेसले चैत सर्वोच्च अदालत गुहारेको छ।

सर्वोच्च्च अदालतले चैत २८ गते मुख्यमन्त्री खगराज अधिकारीलाई ‘काम चलाउ’ ठहर गर्दै दीर्घकालीन महत्त्वका निर्णय नगर्न आदेश दिएको छ।

मुद्दाको पूर्ण सुनुवाइ गर्न वैशाख १० गतेका लागि पेसी तोकिएको छ।

कांग्रेसले यस्तो अवस्थामा प्रदेशसभा बोलाउनु नै गैरकानुनी एवं सर्वोच्चको आदेशविपरीत भएको जिकिर गर्दै भनेको छ,‘सम्मानित सर्वोच्च अदालतबाट दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्नु नगराउनु भन्ने अन्तरिम आदेश जारी भएको परिस्थितिमा सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेसी समेतलाई बेवास्ता गर्दै अदालतको आदेशको समेत अवहेलना हुने गरी प्रदेश सभा अधिवेशन आह्वान गर्न सिफारिस गर्नु र मा। प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नु अर्को गैरजिम्मेवार कदम हो।’

कांग्रेससहित राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आजको बैठकमा सहभागी नहुने जानकारी गराएका छन्।

मुख्यमन्त्री अधिकारीले आज बस्ने प्रदेशसभा बैठकबाटै विश्वासको मत लिने तयारी गरेका थिए।

सोही प्रयोजनका लागि संसद् अधिवेशन आह्वान गरिए पनि बहुमत नजुट्ने भएपछि उनी विश्वासको मत लिने प्रक्रियाबाट भने रोकिएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com