ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना समाप्त


एबीसी न्यूज

काठमाडौं, ७ वैशाख । नेपाल एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ । योसँगै एसिया कप खेल्ने नेपालको सपना पनि समाप्त भएको छ ।१२० रनको लक्ष्य युएईले १७।२ ओभरमा ४ विकेट गुमाउँदै फाइनलमा स्थान पक्का गर्‍यो । युएईका ओपनर अलिशान शराफुले ४१ बलमा ५ चौका र २ छक्कासहित ५५ र आयन खान ३ रनमा नटआउट रहे ।कप्तान मोहम्मद वासिम ११, विष्णु सुकुमारन २८, आसिफ खान १० र सैइद हैदर १४ रनमा आउट भए । नेपालका गुलशन झाले २, ललित राजवंशी र सोमपाल कामीले १र१ विकेट लिए ।

त्यसअघि ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको थियो । सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाएका थिए ।ओपनर कुशल भुर्तेल शून्य, आसिफ शेख ८, कप्तान रोहित पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५ र सोमपाल कामी २ रनमा आउट हुन पुगेका थिए ।

तल्लोक्रममा करण केसीले १२ बलमा २ छक्कासहित १७ तथा गुलशन झा १५ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भएका थिए ।

युएईका जुनैद सिद्दिक, बासिल हामिद र अली नासिरले २–२ विकेट लिए । ओमैद शफी रहमान, आयन खान र मोहम्मद फारुकले १–१ विकेट लिए । योसँगै टी(२० विश्वकपपछि हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना पनि समाप्त भएको छ ।

गतवर्षको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै एकदिवसीय एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो ।

नेपाल समूह ‘ए’ बाट ४ खेलमा अपराजितका साथ शीर्षस्थानमा रहेर सेमिफाइनल खेलेको थियो । यहिँ मैदानमा नेपालले २०२२ मा आईसीसी टी-२० विश्वकप छनोट ए को सेमिफाइनलमा पनि युएईसँग हारेको थियो ।

नेपालले अब तेस्रो स्थानका लागि शनिबार ओमान र हङकङमध्ये एकसँग खेल्नेछ । दोस्रो सेमिफाइन खेलमा आज ओमान र हङकङबीच केही समयमा सुरु हुनेछ ।

विजेता टोलीले युएईसँग फाइनलमा एसिया कपमा पुग्न प्रतिस्पर्धा गर्दा पराजित हुने टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालसँग खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com