ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुपाल्चोक दुर्घटना: मृतक सबैको सनाखत


एबीसी न्यूज

काठमाडौं ७ बैशाख । सिन्धुपाल्चोकको तौथलीमा आज बिहान जन्ती बस दुर्घटना हुँदा ज्यान गुमाउने र घाइते सबैको सनाखत भएको छ।

दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरञ्जन भट्टराईले जानकारी दिए।

मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिका–१ का ६९ बर्षीय मानबहादुर थामी, १९ बर्षीय दिपेन्द्र थामी र २२ बर्षीय शिव श्रेष्ठ रहेका छन्।

दोलखाको भिमेश्वर १ बाट जन्ती लिएर सिन्धुपाल्चोकतर्फ आउँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस आज ९शुक्रबार० बिहान साढे सात बजे त्रिपुरासुन्दरी–४ तौथलीको धारावतीमा दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएकाहरु मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

दुर्घटनामा बेहुला र उनकी बेहुला आमा समेत घाइते भएकी छन्।

‘बेहुला सुशिल थामी र उनकी आमा साहिली थामी पनि दुर्घटनामा घाइते भएका छन्,’ डीएसपी भट्टराईले नेपालखबरसँग भने, ‘उनीहरुको अवस्था सामान्य छ। गम्भीर घाइतेलाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ।’

दुर्घटनामा घाइते भएका बेहुला र उनकी आमा सामान्य उपचारपछि डिस्चार्ज भएका प्रहरीले जनाएको छ।

अन्य घाइतहरुमा दोलखाको भिमेश्वर नगरपालिका १ बस्ने २१ बर्षीया स्वस्थानी तामाङ ९टाउको हात खुट्टामा चोट, अबस्था मध्यम०, सोही स्थानका २५ बर्षीय प्रकाश तामाङ ९टाउको खुट्टामा चोट, अवस्था मध्यम०, ४४ बर्षीय ज्ञान बहादुर तामाङ ९टाउको र शरिरमा चोट, अवस्था मध्यम०, बसका चालक ३४ बर्षको दल बहादुर तामाङ ९टाउको हात खुट्टामा चोट अवस्था मध्यम० रहेका छन्।

यस्तै, दोलखा कालिन्चोक गाउँपालिका ९ का २४ बर्षका सिंह बहादुर लामा ९टाउको, ढाडमा चोट अवस्था मध्यम० रहेका छन् भने दोलखा भिमेश्वर १ बस्ने १७ बर्षका ईश्वर थामी ९टाउको, हात खुट्टामा चोट अवस्था मध्यम०, सुन्दारावती गाउँपालिका ९ का १९ बर्षीय लक्ष्मण थामी९टाउको हात खुट्टामा चोट अवस्था मध्यम०, भिमेश्वर १ बस्ने गोपाल थामी ९अनुहारमा सामान्य चोट० रहेका छन्।

यस्तै, सोही स्थानका राम चन्द्र थामी, सुनिल थामी, सन्जिव थामी, श्रीराम थामी, चम्फा थामी, सुकमाया थामी, भुबन थामी, डिल्ली थामी, रोमन थामी र भिम बहादुर थामीको सामान्य उपचार पछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। उनीहरुमा सामान्य चोटपटक लागेको कारण उपचार पछि घर पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

यस्तै अन्य घाइतेहरुमा भीमेश्वर १ बस्ने सागर थामी, विवस थामी, यज्ञ बहादुर थामी विक्रम थामी, कृष्ण थामी, रन्जिला थामी, रोसिला थामी, सम्राट थामी, नारायण थामी, पुरुषोत्तम थामी, मोहन थामी, सन्त बहादुर थामी र राजेश थामी रहेका छन्।

त्यसैगरी राजकुमार थामी, टीकाराम थामी, रमेश थामी, मुरारी थामी सामान्य घाइते भएका छन्। उनीहरुको सिन्धुपाल्चोकमै रहेको सदाबाहर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

यस्तै केही सामान्य घाइतेहरु डिस्चार्ज भएर घर फर्किएका छन्। डिस्चार्ज हुनेहरुमा भीमेश्वर १ कै गणेश भुजेल, भगवान भुजेल, राजिव थामी, ईश्वर भुजेल, रञ्जित थामी, रण बहादुर थामी, कान्छा थामी, अमर बहादुर थामी, धधन बहादुर थामी रहेका छन्।

त्यसैगरी भिमेश्वर नगरपालिका(३ का धुर्व कुसु, त्रिपुरासुन्दरी गाउँपालिका( २ का खेलराज थामी र त्रिपुरासुन्दरी(२ का गोकुल थामी सामान्य घाइते भएर प्राथमिक उपचार पछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

बेहुला पनि घाइते, मृतकमध्ये दुई जनाको सनाखत

।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com