ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले टी-२० आईमा पहिलो पटक साउदी अरेबियासँग खेल्दै


एबीसी न्यूज

काठमाडौं, ५ बैशाख । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा आज साउदी अरेबियासँग खेल्दैछ । खेल मध्यहान्न ११ स् ४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड(२ मा सुरुहुनेछ ।

नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगी सकेको छ । त्यसैले आजको खेल नेपाललाई प्रतिष्ठाका लागि मात्रै हुनेछ । साउदी अरेबिया ३ खेलमा २ मा हार र एकमा जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाललाई हराउन सके ४ अंकका साथ सेमिफाइनल खेल्ने साउदीको बलियो सम्भावना छ ।

नेपालले सेमिफाइनल अघि दीपेन्द्रसिंह ऐरीसहित केही खेलाडीलाई विश्राम दिनसक्छ । बेन्चमा भएका अनिलकुमार शाह र प्रतिश जि.सीले मौका पाउन सक्छन् ।

नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । साउदीले हङकङविरुद्ध २०२ रन बनाउँदै ५५ रनको जित हात पारेको थियो । मलेसियासँग १२ रन र कतारसँग १५ रनले हारेको थियो ।

साउदीका कप्तान हिशाम शेख, ओपनर अब्दुल वाहिद र स्पिनर जैन उल अबिदीन प्रमुख हतियार हुन् । मनान अली साउदीका क्लिन हिटर हुन् ।

नेपालले टी-२० आईमा साउदी अरेबियासँग पहिलो पटक खेल्दैछ । यता कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका नेपालका दीपेन्द्र प्रमुख हतियार हुन् । दीपेन्द्र, कुशल भुर्तेल र कुशल मल्ल नेपाल मुख्य खेलाडी हुन् ।

नेपालले सेमिफाइनलमा यूएईसँग खेल्ने सम्भावना छ । समूह बी मा ओमान ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । कुवेत ३ खेलमध्ये २ मा जित र एउटामा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । यूएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ ।

बहराइन ३ खेल र कम्बोडिया २ खेलमा अंक विहीन हुँदै पुछारमा छन् । आज ओमानले कुवेत र यूएईले कम्बोडियासँग खेल्दैछन् । ओमान र यूएई दुवै सहज रुपमा विजयी हुने सम्भावना छ । त्यसैले नेपाल र यूएई सेमिफाइनलमा भिड्ने समीकरण देखिन्छ ।

नेपाल समूह ए मा ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । कतार ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । साउदी ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ । मलेसिया र हङकङ पनि समान ३ खेलमा १ मा जित र २ मा हारसहित चौथो र पुछारमा छन् ।

आज मलेसिया र हङकङबीच खेल हुँदैछ । ४ अंकका साथ सेमिफाइनल खेल्न दुवै टोलीले फराकिलो जित हात पार्नुपर्छ । सेमिफाइनल शुक्रबार, तेस्रो स्थानको लागि शनिबार र फाइनल आइतबार हुनेछ । प्रतियोगिता विजेताले टी-२० एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोली एसीसी इमर्जिङ टिम्स एसिया कप पनि खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com