ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डले बालुवाटारमा झलनाथसामु गरेका ३ संकेत


एबीसी न्यूज

काठमाडौं ४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहानै बालुवाटारमा नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालसँग कुराकानी गरे।

त्यस क्रममा सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनकै घटकबीच उत्पन्न बेमेल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल चाल्न खोजेको कदमका विषयमा छलफल भएको थियो।

त्यस क्रममा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा मुख्यतः तीनवटा संकेत गरेका छन्।

१। सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन तयार
प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई बनाउन आफू तयार रहेको बताएका छन्। एकीकृत समाजवादीको मुख्यमन्त्री हुँदा आफूलाई कुनै आपत्ति नरहेको उनको भनाइ थियो।

सात प्रदेशमध्ये कुनै एउटामा दिने सहमति गठबन्धनमा भइसकेकाले पनि एकीकृत समाजवादीको अडान स्वाभाविक रहेको प्रचण्डको भनाइ थियो। त्यसैले गठबन्धनमा फाटो आउने गरी कुनै कदम नचाल्न उनले खनाललाई आग्रह गरेका थिए। सहज अंकगणित नभएकाले मात्र नागरिक उन्मुक्ति पार्टी ९नाउपा०लाई दिनुपरेको उनको प्रस्टीकरण थियो। तर, त्यसमा अझै पुनःविचार गर्न सकिने संकेत प्रचण्डले गरे।

नाउपाबिना सरकार बन्न नसक्ने जटिल अवस्थाबारे पनि उनले सम्झाएका थिए।

एमाले ९१००, माओवादी ९१००, एकीकृत समाजवादी ९४० र स्वतन्त्र ९१० एक ठाउँमा हुँदा पनि २ जना अपुग हुन्छ। नाउपामा रञ्जिता श्रेष्ठ पक्षधर २ सांसद भएकाले सरकार बनाउन सकिने एमाले(माओवादी गठबन्धनको आकलन छ।

एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारीले कांग्रेससँग मिलेर रेशम नाउपाको रेशम चौधरी पक्षलाई समर्थन गरेपछि एमाले(माओवादी गठबन्धन संकटमा परेको छ।

२। समाजवादीका उम्मेदवारप्रति ओलीको आपत्ति
सुदूरपश्चिममा एकीकृत समाजवादीबाट मुख्यमन्त्रीका दाबेदार एवं संसदीय दलका नेता दीर्घ सोडारीप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट रहेको र ओलीले नै नमानेका कारण पनि विकल्प खोज्नुपरेको प्रचण्डको भनाइ थियो।

यदि एकीकृत समाजवादीले वैकल्पिक उम्मेदवार अगाडि सारेमा ‘ओलीजी र एमालेका प्रदेशका साथीहरू’लाई पनि मनाउन सकिने प्रचण्डको भनाइ थियो।

सोडारीका केही आचरणगत पक्ष र राज्यका विभिन्न निकायले अनुसन्धान गरिरहेको कारण मुख्यमन्त्री बनाउन नसकिने भनेर ओलीले नै अडान लिएको जानकारी पनि प्रचण्डले खनाललाई दिएका थिए।

विश्वस्त स्रोतका अनुसार, सोडारीसहित उनका परिवारका केही सदस्यको बैंक खाता समेत रोक्का छ।

३। कांग्रेस–एमाले मिल्न सक्छन्
प्रधानमन्त्री प्रचण्डले हालको सत्ता गठबन्धनको विकल्पमा कांग्रेस र एमाले छलफलमै रहेको भन्दै जुनसुकै बेला मिल्न सक्ने आभास पाएको संकेत गरेका छन्।

‘कांग्रेस र एमाले मिलिहालेमा पनि म प्रतिपक्षमा बस्न तयार छु,’ खनालसँगको कुराकानीका क्रममा प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यदि प्रतिपक्षमा बस्ने अवस्था आए पनि तपाईँ–हामी एक ठाउँ नै हुनुपर्छ। अहिले नै यताउता गर्ने कुरा नगर्नुहोस्। माधवजीलाई पनि मनाउनुहोस्।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com