ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कानुन कार्यान्वयन प्रभावकारी नहुँदा जनतामा निराशा : सञ्चारमन्त्री शर्मा


एबीसी न्यूज

काठमाडौं ३ बैशाख । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले प्रभावकारी रुपमा कानुन कार्यान्वयन हुन नसक्दा राजनीतिक व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा परिवर्तन हुन नसकेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको २२ औं साधारणसभा तथा १२ औं अधिवेशन एवम् मिडिया महोत्सवको सोमबार घोराहीमा उद्घाटन गर्दै मन्त्री शर्माले जनताको अवस्थामा परिवर्तन ल्याउनका लागि कानुन कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री शर्माले भन्नुभयो, ूराजनीतिक परिवर्तनपछि कानुनी रुपमा हामीले धेरै अधिकार प्राप्त गरेका छौ तर व्यवहार लागु गर्न नसक्दा अपेक्षा अनुसार परिवर्तन हुन सकेको छैन ।ू

राजनीतिक स्थायित्व भएपनि राजनीतिक अभिभारा पूरा हुन नसकेकाले पुरा गर्नुपर्ने दायित्व अहिलेको नेतृत्वलाई रहेको बताउनुभयो । चाहे अनुसारको परिवर्तन हुन नसक्दा जनतामा निरासा रहेको भन्दै उहाँले त्यो निराशालाई हटाएर आशाको दियो बाल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । त्यसका लागि आम सञ्चारका माध्यमले सकारामत्मक विषयलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । समाजमा नकारात्मक मात्रै छैन सकारात्मक कुराहरु पनि भएका छन भनेर समाजको हितमा लागेकाहरुको सकारात्मक भूमिकालाई बाहिर ल्याउँन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ूजनतामा आशा जगाउन आम सञ्चारका माध्यमहरुको महत्वपूर्ण भूमिका हुन्छ, त्यसैले आम सञ्चारका माध्यमहरुले एयरपोटमा विदेश जान थालेका मानिसहरुको फोटो र समाचारलाई भन्दा विदेशबाट स्वदेश फर्किएर आफ्नै ठाउँमा राम्रो व्यवसाय गर्ने व्यक्तिको फोटो र व्यवसायलाई प्राथमिकता दिन आवश्यक छ ।ू उहाँले विदेशबाट फर्किएर आफ्नै ठाउँमा राम्रो काम गर्ने धेरै मानिसहरु रहेपनि त्यस्ता विषयले मिडियामा प्राथमिकता पाउन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ूसंविधानमा लेखिएको मौलिक हकलाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउनका लागि अभियानकै रुपमा जिम्मेवार भएर मिडिया लाग्नुपर्ने बताउनुभएको थियो ।ू त्यसैगरी मन्त्री शर्माले लोकतान्त्रि गणतन्त्रको विकल्पमा अन्य व्यवस्था हुन नसक्ने बताउनुभएको छ । उहाँले भन्नुभयो,ूअहिले व्यवस्था ठिक भएन, पहिलेको व्यवस्था ठिक थियो भन्ने आवाज सुनिन्छ ।ू

सूचना र प्रविधिको विकासले आम सञ्चारको क्षत्रमा आएको परिवर्तनलाई व्यवस्थित गर्न पुनर्संरचना गर्न जरुरी रहेको भन्दै मिडिया सम्मेलनबाट के कस्तो नीति बनाउन सकिन्छ भन्ने सुझावको आवश्यकता रहेको बताउनुभयो । सरकारले आम सञ्चारका माध्यमबाटलाई व्यवस्थित गर्नेगरी आम सञ्चार ऐनलाई अघि बढाएर अहिले अर्थबाट सहमति पाएर कानुन मन्त्रालयमा पुगेकाले यहाँबाट आउने सुझावले ऐन निर्माणमा सहयोग पुग्ने बताउनुभएको थियो ।

दुई दिनसम्म चल्ने मिडिया महोत्सवमा संघीयता, विकास र मिडिया, मिडियामा समावेशी सवाल, हिजोको मिडिया र आजका मिडिया, कानुन निर्माण र मिडिया साक्षरता लगायतका विषयमा छलफल हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com