ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति पौडेल गृह जिल्लामा


एबीसी न्यूज

काठमाडौं ३ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार गृह जिल्ला तनहुँ आउनु भएको छ । व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिरका र म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटनका लागि उहाँ गृह जिल्ला आउनुभएको हो ।

राष्ट्रपतिले बिहान मन्दिर र दिउँसो गाउँपालिकाको भवनको उद्घाटन गर्नुहुनेछ । सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले शासन गरेको तनहुँसुरमा जीर्ण अवस्थामा रहेको खड्गकालिका मन्दिरको पुनर्निर्माण गरिएको र सो राष्ट्रपतिले उद्घाटन गर्नुहुने व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । पुरातत्व विभागको रु। ५० लाखको लागतमा मन्दिर पुनःनिर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

म्याग्दे गाउँपालिकाको वडा नम्बर ४ को नारिङ्गेमा ६ करोडको लागतमा भवन निर्माण गरिएको हो । एक रोपनी एक आना तीन पैसा तीन दाम निःशुल्क प्राप्त भएको र ८० रोपनी १४ आना तीन पैसा जमिन सार्वजनिक रहेको गाउँपालिकाले जनाएको छ । भाडाको घरमा बस्नुपर्दा साँघुरो र अप्ठ्यारो भएकोले नयाँ प्रशासकीय भवन निर्माण गरिएको हो । नवनिर्मित भवनको राष्ट्रपतिले उद्घाटन गर्नुहुने म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो ।

राष्ट्रपति बनेपछि पौडेलको यो पाँचौं पटक गृह जिल्ला भ्रमणका लागि आउनु लाग्नुभएको छ । यसअघि चैत २३ भिमाद नगरपालिका–६ भिमाद बजारस्थित जनज्योति क्याम्पसको १६ औं वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्ताकालय भवनको उद्घाटनका लागि पौडेल तनहुँ आउनु भएको थियो ।

यस्तै, चैत्र १८ गते तनहुँको देवघाट–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूली नदीको मोटरेबल पुल उद्घाटन, पुस २० गते भानु नगरपालिका–७ वसन्तपुरस्थित पुर्कोट शतवार्षिकी, असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ आउनुभएको थियो । राष्ट्रपति आउनुहुने भएपछि सुरक्षा व्यवस्था कडाइ गरिएको छ । राष्ट्रपतिको सुरक्षालाई चुस्त–दुरुस्त बनाउका लागि सुरक्षा निकायका सबै एकाइलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com