काठमाडौं ३ बैशाख । नेकपा एमाले संसदीय दलको बैठक आज ९सोमबार० बस्दैछ। बिहान ११ बजे संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बर्तौलाले बताए। बैठकमा विषयगत समितिमा रहेका विधेयकहरूमाथिको छलफल प्रभावकारी बनाउने, दलका तर्फबाट खेल्नुपर्ने भूमिका लगायतका विषयमा एमाले संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशनात्मक मन्तव्य दिने तयारी छ।
प्रतिक्रिया दिनुहोस्