ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिमकाे मुख्यमन्त्री पदका लागि दाबी पेश गर्ने अन्तिम दिन


एबीसी न्यूज

काठमाडौं २ बैशाख । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नका लागि दाबी पेश गर्ने समय सीमा आज बेलुका ५ बजे सकिँदैछ ।

मुख्यमन्त्री कमलबहादुर शाहले बहुमत जुटाउन नसकेर पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्री नियुक्त गर्नका लागि १० दिनभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको थियो । प्रदेश प्रमुखले तोकेको समय सीमा आज बेलुका सकिने भए पनि अहिलेसम्म कसैले पनि मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्नुभएको छैन ।

सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलेमध्ये दुई वा सोभन्दा बढी दलहरुको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्तका लागि दाबी पेश गर्न आह्वान गरिएको थियो । नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिम मुख्यमन्त्री दिने केन्द्रमा गठबन्धन दलहरुबिच सहमति भए पनि नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक विवादका कारण सो पार्टीले मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने सदस्यको नाम अगाडि बढाएको छैन ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रदेश दलका नेता घनश्याम चौधरीलाई जिम्मेवारीबाट हटाउनुका साथै प्रदेश सभा सदस्यबाटै तीन महिनाको लागि निलम्बन गरे पनि त्यो निस्प्रभावी रहेको प्रदेश सभाले ठहर गरेको छ । अध्यक्ष चौधरीले कैलाश चौधरीलाई संसदीय दलको नेता नियुक्त गरे पनि त्यो कायम नभएको भन्दै प्रदेश सभाले घनश्याम चौधरीले नै संसदीय दलको नेताको रुपमा कामकाज गर्न सक्ने जनाएको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमतको सरकारको गठनका लागि २७ जनाको समर्थन आवश्यक पर्छ । गठबन्धनसँग नेकपा ९माओवादी केन्द्र० का १०, नेकपा ९एमाले० का १०, नागरिक उन्मुक्ति पार्टीका छ र नेकपा ९एकीकृत समाजवादी० का चार गरी ३० जना प्रदेश सभा सदस्य छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com