ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलकुदमा २०८० : क्रिकेटले उचाई चुमेको वर्ष


एबीसी न्यूज

काठमाडौं ३० चैत । १२ वर्षपछि खोलो फर्किन्छ भन्ने उखान २०८० सालमा नेपाली क्रिकेटमा लागु भयो । नेपाली क्रिकेटलाई आईसीसी टी–२० विश्वकपमा छनोट हुन ठ्याक्कै १० वर्ष लाग्यो ।

सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको नेपालले १० वर्षपछि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकप यात्रा तय गर्न सफल भयो । नेपाली क्रिकेटले विश्वकप छनोटसँगै चीनमा भएको १९औँ एसियाली खेलकुद ९एसियाड० मा भारत र श्रीलंका जस्ता बलिया टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रच्यो ।

यू–१९ टोलीको विश्वकप यात्रा र अन्य अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा पनि नेपालको प्रदर्शन उल्लेख्य रह्यो । वर्षको सुरुमा नेपाली क्रिकेटले आइसिसी एकदिवसीय मान्यता जोगाउनु क्रिकेटमा अर्को महत्वपूर्ण क्षण रह्यो । घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनोट भएको नेपालले भारत र पाकिस्तान जस्ता ठूला टोलीसँग ऐतिहासिक प्रदर्शन गर्‍यो ।

नेपाली क्रिकेट मुख्यालय नेपाल क्रिकेट सङ्घ ९क्यान० को निर्वाचन र उक्त निर्वाचनले पूर्व कप्तान पारस खड्कालाई सचिव जस्तो नेतृत्वदायी भूमिकामा निर्वाचित गर्नु नेपाली क्रिकेटका लागि अर्को कोशेढुङ्गा रह्यो । पारसको आगमनसँगै नेपाली क्रिकेटको घरेलु र अन्तर्राष्ट्रिय संरचनामा आमूल परिवर्तन भएको छ ।

वैशाखमा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनोट भएको नेपालले भारत र पाकिस्तान जस्ता ठूला टिमसँग ऐतिहासिक प्रदर्शन गर्‍यो । एसियाड अन्तर्गत टी–२० क्रिमेटमा सबैभन्दा छिटो शतक र अर्धशतकको कीर्तिमानसहित एकै खेलमा सर्वाधिक रन बनाउने र फराकिलो अन्तरको जितको कीर्तिमान नेपाली क्रिकेट टोलीले बनायो । अन्य खेलको चुलनामा २०८० साल नेपाली क्रिकेटका लागि चलायमान बन्यो ।

एसियाडमा ऐतिहासिक रजत

नेपाली खेलकुदका लागि २०८० साल सहभागिता र उपलब्धिको हिसावले पनि थप महत्वपूर्ण बन्यो । चीनको होङझाओमा असोजमा भएको एसियाडमा नेपालले २९ खेलमा दुई सय ५३ खेलाडी सहभागि गराएको थियो । ठूलो प्रतियोगितामा नेपालले यो अहिलेसम्मकै ठूलो सहभागिता हो ।

उपलब्धिको हिसावले पनि नेपालकी कराते खेलाडी एरिका गुरुङले रजत पदक जित्दै नेपालको इज्जत जोगाउनुभयो । एरिकाले एसियाडमा नेपाललाई ब्यक्तिगत स्पर्धामा २५ वर्षपछि रजत दिलाउनुभएको हो । करातेमा भने नेपालको यो ऐतिहासिक रजत हो ।

यसअघि सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले ब्यक्तिगत रजत जित्नुभएको थियो । एरिकाको रजतसँगै एसियाड महिला कड्डीमा कांस्य र पारा खेलाडी पलेशा गोवर्धनले कांस्य जित्दै नेपालको यज्जत जोगाउनुभयो । एसियाडका नेपालका एथलेटिक्स, भारोत्तोलन र सुटिङका खेलाडीले पनि नयाँ कीर्तिमानसहितको प्रदर्शन गर्न सफल भए ।

वर्षको अन्तिममा पलेशाले चीनमा भएको पेरिस ओलम्पिक एसियाली छनोटमा स्वर्ण जित्दै ओलम्पिक छनोट गर्ने नेपाली पारा खेलाडीको कीर्तिमान रच्नुभयो । वर्षको अन्तिम अर्थात् चैतमा अमेरिकामा आयोजित युएसए ओपन कराते च्याम्पियनसिपमा १८ देखि २१ वर्षको जुनियरमा स्वर्ण र सिनियर खुलामा रजत जित्दै एरिकाले आफुलाई अब्बल भएको प्रमाणित गर्नुभयो । एथलेटिक्समा दिपक अधिकारी र सन्तोषी श्रेष्ठ घरेलु र अन्तर्राष्ट्रिय स्पर्धामा वर्षभर छाउनुभयो ।

फुटबलमा ओरालो यात्रा

मार्सल आर्ट्स, एथलेटिक्स क्रिकेट जस्ता खेलले फड्को मार्दा २०८० सालमा फुटबल खेल मैदानमा भन्दा मैदान बाहिरको राजनितिमा रमायो । एकै वर्ष तीनवटा साधारणसभा सम्पन्न गर्न एक करोड ५० लाख रुपियाँ सकेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले शहिद स्मारक ‘ए’ र ‘बी’ डिभिजन लिग सुरु नै गर्न सकेन ।

विश्वकप छनोट अन्तर्गत बहराइनसँगको खेल घरेलु मैदान दशरथ रङ्गशालामा खेलाउन नसक्नु अर्को कमजोरी रह्यो । फुटबलका ६ दर्जनभन्दा बढी अब्बल खेलाडी देश छाडेर पलायन बन्दा अन्जन विष्टले १३ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी बनाउनुभयो ।

अन्जनले यसअघि हरि खड्का र निराजन रायमाझीको नाममा सर्वाधिक सर्वाधिक १३ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गर्नुभयो ।वर्षको उत्तरार्धमा महिला फुटबल टोलीले भने वाफ च्याम्पियनसिपमा उपविजेता बन्दै नेपाली फुटबलको थोरै नाक जोगायो । महिला फुटबलमा सावित्रा भष्डारी र प्रिति राईले आफुलाई अब्बल खेलाडीको रुपमा उभ्याउनुभयो ।

महिला क्रिकेटर रुविना क्षेत्री अन्तर्राष्ट्रिय महिला क्रिकेटमा शतक हान्ने पहिलो नेपाली महिला खेलाडी बन्नुभयो । मुआथाई खेलमा नेपालका गुणराज रुचालले थाइल्यान्डमा आयोजना भएको विश्व मुआथाई च्याम्पियनसिपको सेमिप्रो स्पर्धामा स्वर्ण जित्दै नयाँ इतिहास रच्नुभयो ।

यस्तै साहसिक खेलमा पनि नेपाली खेलाडीको प्रदर्शन उच्च रह्यो । रशिला तामाङ र सुनमाया बुढालगायत खेलाडीले अल्ट्रा म्याराथनमा नेपालको सान बढाउनुभयो । नेपाली खेलकुदको निमायक नेतृत्व राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले वर्षौदेखि दुई सय नौ को संख्यामा रहेको राष्ट्रिय खेल सङ्घलाई घटाएर ६१ मा झार्नु अर्को उपलब्धि बनेको छ ।

यसले खेलकुदमा आगामी योजना बनाउन र र्कान्वयन गर्न केही सहज हुने देखिएको छ । प्रतियोगिता आयोजना र सहभागितासँगै ब्यक्तिगत र समूहगत प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शन २०८० मा समग्रमा औसत रह्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com