ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नम्बर ६ मन्त्रीपरिषदको निर्णय: भारतीय तरकारी प्रतिबन्ध लगाउने


admin
फाल्गुन ८, २०७४ मंगलबार  ५ : ५८ बजे

काठमाडौं, ८ फागुन । प्रदेश नम्बर ६ सरकारले भारतीयबाट आयतीत विषादीयुक्त तरकारीलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । ६ नम्बर प्रदेशलाई अर्गानिक प्रदेश बनाउने योजनासंगै अघि बढेको सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै अर्गानिक प्रदेशको आधार तयार गर्ने गरी निर्णयहरु गरेको छ।

खाद्यान्न र तरकारी उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउने, विषादी प्रयोगमा निषेध गर्ने, बाहिरबाट आउने विषादियुक्त तरकारीलाई प्रतिबन्ध लगाउने तयारी गरिएको प्रदेश सरकारकी प्रवक्त बिमला केसीले जानकारी दिइन् ।

भूमि ब्यवस्थापन, कृषि तथा सहकारी मन्त्री समेत रहेकी प्रवक्ता केसीले अहिले आधार तयार गर्नका लागि मन्त्रिपरिषद्बाट केही निर्णय गरिएको भन्दै यसलाई दीर्घकालीन योजनाका रुपमा अघि बढाउने बताइन् ।

‘तत्काल त सम्भाना छैन्, हामीले अहिले आधार तयार गर्नका लागि मन्त्रिपरिषद्बाट निर्णय गरेका छौं,’ मन्त्री केसीले भनिन्,’अब दीर्घकालीन योजना बनाएर काम सुरु गर्छौ ।’

उनका अनुसार प्रदेशमा कृषिलाई व्यवसायिकरण गरिने छ भने भारतीय बजारबाट आयात हुने विषाधियुक्त तरकारीलाई बिस्तारै प्रतिबन्ध लगाइने छ ।

प्रदेशलाई अर्गानिक प्रदेशका रुपमा चिनाउनका लागि मन्त्रिपरिषदको बैठकले रैथाने बालीको संरक्षण, व्यवसायिक खेती प्रणालीको प्रोत्साहन गर्ने निर्णय गरेको छ ।

यस्तै उच्च मूल्य कृषि बस्तुको उत्पादनमा बृद्धि, एक समूह एक सहकारी, एक सहकारी एक उत्पादनको नीति लिएर काम गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

क्षेत्र फेर्ने ‘डबल स्ट्यान्डर्ड’? गगनको मधेश ‘जोखिम’, प्रचण्डको पुरानो ट्रेन्ड र बालेनको ‘निःशुल्क चर्चा’ दाउ !

प्रचण्ड नेतृत्वको नेकपाले सुदूरपश्चिम र कर्णालीसम्म उम्मेदवार टुंग्यायो

मेरो ९ वर्षे कार्यकालमा नेपाल– भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउन सहमत छौं – मोदी

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि

सुर्खेतमा मिटरब्याजका ४२ मुद्दा दर्ता, ठगी हुनेमा अधिकांश महिला

कर्णालीमा शिक्षण सिकाइ उपलब्धि कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com